ब्रेकिङ न्युज

Featured posts

कैलालीमा ६३ प्रतिशत मत खस्यो

कैलालीमा ६३ प्रतिशत मत खस्यो

कैलाली । आज (मंसिर ४ गते) भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कैलाली जिल्लामा ६३ प्रतिशत मत खसेको छ  । सुदुरपश्चिम प्रदेश निर्बाचन कार्यालय धनगढीका प्रमुख निर्बाचन अधिकृत प्रेम भट्टका अनुसार आज भएको निर्वाचनमा कैलालीमा झण्डै ६३ प्रतिशत खसेको हो । उहाँले भन्नु भयो “ जिल्लाको सबै मतदान स्थलमा मतदान प्रक्रिया सम्पन्न भएको जानकारी आएको छ । केही ठाउँको मोटामोटी खसेको मत संख्या आएको छ । केही मात्रमा तलमाथि भए पनी झण्डै ६३ प्रतिशत मत खसेको अनुमान छ । पुर्ण विवरण केही समय पछस् आउछ ।” जिल्लाको पहाडी क्षेत्र बाट मतपेटीका ढुवानीमा समय लाग्ने भएकाले मतगणना भने भोली देखि शुरु हुन…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न, हेर्नुस् वडा सहितको विवरण

बर्दगोरियामा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न, हेर्नुस् वडा सहितको विवरण

बौनिया । कैलालीको बर्दगोरियामा शान्तिपूर्ण तवरले मतदान प्रक्रिया सम्पन्न भएको छ । पालिकाको ६ वटै वडामा शान्तिपुर्ण हिसाबले मतदान भयो । यद्यपि केही वडामा भने सामान्य विवाद सृजना भएपनि निर्वाचन प्रक्रिया भने बिथोलिएन । प्रदेश सभा तथा प्रतिनिधि सभाको लागि आज भएको मतदान प्रक्रियामा कैलालीको बर्दगोरिया गाउँपालिकामा १४२१३ मत खसेको छ । बर्दगोरियामा २२ हजार १८१ जना मतदाता रहेका छ्न । यसअघि गत स्थानीय तहको निर्वाचनमा बर्दगोरियामा ६७.३९ प्रतिसत मत खसेको थियो । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा ४३५६, वडा नम्बर २ मा ४४३६, ३ मा ३०५७, वडा नम्बर ४ मा कुल मतदाता ३८८१, वडा नम्बर ५ मा ३८९४…
पुरा पढ्नुहाेस्
प्रदेश सभा सदस्यका उम्मेदवार साउदले गरे मतदान

प्रदेश सभा सदस्यका उम्मेदवार साउदले गरे मतदान

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र ) ले बिहान ७:१५ बजे पहिलो मतदान गरेका छन । उनले बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बथ 'ग' बाट पहिलो मतदान गरेका हुन । देशभर आइतबार सुरु भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा प्रदेश सभा सदस्य पदका उम्मेदवार साउदले सर्वप्रथम भोट खसालेका हुन । मतदान केन्द्रमा उत्साहप्रदरुपमा मतदाता सहभागी छन् । बिहान ७ बजे देखि शुरु भएको मतदान प्रक्रिया आझ ५ बजे सम्म रहनेछ । प्रदेश सभा सदस्य पदका उम्मेदवार साउदले मतदान शान्ति पुर्ण भइरहेको र थप शान्ति पुर्ण तरिकाले…
पुरा पढ्नुहाेस्
स्थिर समयमा भ्रमिक सुचना फैलिएको प्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण

स्थिर समयमा भ्रमिक सुचना फैलिएको प्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण

काठमाडौं । आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा नेकपा (एमाले) को प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायत एमालेसम्बद्ध केही पत्रकारहरुले स्थापित अनलाइन तथा पत्रिकाहरूका समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको घटनाप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । आज प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा जुगलले एक विज्ञप्ति जारि गर्दै आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । यस्तो छ, प्रेस विज्ञप्ति प्रेस विज्ञप्ति प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन…
पुरा पढ्नुहाेस्
भारत र चीनसँगको सीमानाका बन्द

भारत र चीनसँगको सीमानाका बन्द

काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लाई लक्ष्यित गर्दै छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएको छ । आमनिर्वाचनका लागि बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएको हो । मतदान हुनु ४८ घण्टा अघि बिहिवार राति देखि लागु हुने गरि नाका बन्द गरिएका हुन । मतदान नसकिएसम्म अत्यावश्यक अवस्थाबाहेकमा आवातजावत बन्द हुनेछ । नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन् । तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ । निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित…
पुरा पढ्नुहाेस्
मौन अवधी सुरु, के-के गर्न मिल्दैन ?

मौन अवधी सुरु, के-के गर्न मिल्दैन ?

काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्थिर अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आजबाट चुनावी प्रचार गर्न पाउनेछन् । मौन अवधीमा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म स्थिर अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा…
पुरा पढ्नुहाेस्
आजराति ‘स्थिर समय’ अवधि शुरु,

आजराति ‘स्थिर समय’ अवधि शुरु,

काठमाडौं । आज राति देखि लागु हुने गरि निर्वाचन आयोगले संघीय चुनावको 'स्थिर समय' सुरु हुने बताएको छ । निर्वाचन आयोगका अनुसार मंसिर १ गते राति १२ बजेबाट लागुहुने गरि 'स्थिर समय' सुरु हुने भएको हो । आयोगका अनुसार यो समय समयमा चुनावी प्रचारप्रसार गर्न पाइदैन ।यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ । निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले…
पुरा पढ्नुहाेस्
समानुपातिक विकासको पहरेदार; नन्द बहादुर साउँद

समानुपातिक विकासको पहरेदार; नन्द बहादुर साउँद

बर्दगोरिया । सुदुरपश्चिम प्रदेश सरकारका पुर्व साङ्सद नन्द बहादुर साउँद (राजेन्द्र) लाई राजनितिक बृत्तमा शालिन ब्यक्तिका रुपमा चिन्ने गरिन्छ । शान्त र शालिन स्वभावका साउँदलाई विकासशिल चेत भएका व्यक्तिका रूपमा चित्रण गर्ने गरिन्छ । साउँद यसपटक पुन प्रदेश सभा सदस्यमा दोहोरीने तयारीमा छन । मङ्सिर ४ गते हुने आम निर्वाचनमा प्रदेश सभा सदस्यका लागि बाम-लोकतान्त्रीक गठबन्धनबाट उनी साझा उम्मेदवारका रूपमा छ्न । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवारी दिएका साउद कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ निवासी  हुन । उनलाई यहाँका नागरिकले बिकासबादी नेताका रुपमा हेर्दै आएका छन । बि.सं. २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट एमाले र माओवादीको…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री देउवा बुधबार गृह जिल्ला आउने

प्रधानमन्त्री देउवा बुधबार गृह जिल्ला आउने

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला आउने भएका छन् । भोलि डडेलधुरा आएर कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ । यसअघि कात्तिक १७ गते गृह जिल्ला पुगेका देउवा चार दिन बसेका थिए । सो क्रममा उनले सात पालिकाका सात वटा चुनावीसभालाई सम्बोधन गरेका…
पुरा पढ्नुहाेस्
कैलालीमा गठबन्धनको जीत सुनिश्चित: ओली प्रतिगामीको पराजित निश्चित

कैलालीमा गठबन्धनको जीत सुनिश्चित: ओली प्रतिगामीको पराजित निश्चित

लम्की । नेपाली काँग्रेसका नेता एवम् बामलोकतान्त्रिक गठबन्धन राजनितिक उच्च स्तरिय संयन्त्र प्रवक्ता देवानन्द जैशी सुवेदीले कैलाली जिल्लामा गठबन्धनको जीत सुनिश्चित रहेको र ओली प्रतिगामीको पराजित निश्चित भएको भएको बताएकाछन् । शनिबार लम्कीचुहा नगरपालिका ६ बावनपुरमा भएको गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जैशीले गठबन्धनले कैलालीमा भारी मतले जित्ने भन्दै ओली प्रतिगामीको पराजित निश्चित भएको बताएकाहुन् । गठबन्धनमा रहेका दलहरुको आपसी एकता र गठबन्धनमा उर्लेको जनलहर देखेपछि प्रतिगामी पार्टी नेकपा एमाले कैलाली क्षेत्र नम्बर २ मा अतालिएको छ । काङ्ग्रेसको उम्मेदवार छैन? किन माओवादी लाई भोट हाल्ने ? भनेर हार मानसिकताले भ्रमको सिर्जना गर्ने नेकपा एमालेले बुझोस् जुनसुकै पार्टीबाट…
पुरा पढ्नुहाेस्