बौनिया जेसीजको सप्ताह कार्यक्रम सुरु

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जेसीज सप्ताह सुरु भएको छ। बौनिया जेसीजको आयोजनामा बिहिवारदेखि सप्ताह सुरु भएको हो ।

सप्ताहको एक कार्यक्रमका बिच बौनिया जेसीजका संस्थापक अध्यक्ष लिला जङ्ग शाहीले उद्घाटन गरेका छ्न । बौनिया जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी कृष्ण प्रसाद ओझाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै संस्थापक अध्यक्ष शाहीले अब यूवाहरुले आफ्नो नेतृत्व र ब्यक्तित्व विकाससँगै समाज परिवर्तनका लागि सकारात्मक कार्य गर्नुपर्ने बताए ।उनले दिनप्रतिदिन बढ्दो लागु औषध दुर्व्यसनीमा फसेका यूवाहरुलाई सकारात्मक कार्य गर्न चेतनामूलक कार्यक्रम गर्नुपर्नेमाजोड दिए । उनले यसअघि नेतृत्वले गरेका काम र गतिविधिलाई निरन्तरता दिदै पूरा गर्न नसकेको विकासका कामलाई पूर्णता दिन जेसीजमा आबद्ध सबैले लाग्नुपर्ने बताए ।

कार्यक्रममा बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष अमर बहादुर बम, दोदोधरा रेडक्रसका सभापति लक्ष्मी प्रसाद जैशी,बौनिया युवा क्लबका अध्यक्ष जीवन बीसी, बौनिया जेसीज वर्ष २०१८ का अध्यक्ष जनक बिष्ट , २०१९ का अध्यक्ष धिरज शाही, २०२० का अध्यक्ष केशव शाही, २०२१ का अध्यक्ष गणेश जोशी लगाएतको उपस्थिति रहेको थियो ।

बौनिया जेसीज वर्ष २०२२ का कानुनी सल्लाहकारमा चक्र शाहीको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रम महासचिवमा वीर बहादुर विष्टले संचालन गरेका थिए ।

सप्ताह अन्तरगत बृक्षारोपण, लागु पदार्थ दुव्र्यसनी विरुद्ध जनचेतना कार्यक्रम, सहारा घरमा सहयोग, दन्त सेवा शिविर, वक्तृत्वकला प्रतियोगिता लगाएतका कार्यक्रमक गरिने बौनिया जेसीजले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार