कैलालीमा भुमि समस्या सम्बन्धी जनसभा कार्यक्रम

मसुरिया । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल कैलालीको आयोजनामा गौरीगंगा नगरपालिकामा भुमि समस्या सम्बन्धी जनसभा कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीका कैलाली सचिब दल बहादुर ओखेडाले संचालन गरेको जनसभालाई वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा सुदुरपश्चिम संयोजक श्याम कुंवर ( सर्वजित) पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा उत्पादन बिभाग प्रमुख मदन प्रभात, राष्ट्रीय भुमि अधिकार मञ्च गौरीगंगा नगर संयोजक नारायण तथा सुकुम्वासी समस्या बिरुद्धका अभियान्ता नन्दलाल बि.क लगायतले सम्बोधन गरेका थिए ।

सुकुम्वासी समस्याको दिर्घकालिन समाधान बारे धारणाहरु राख्दै वक्ताहरुले १५ बर्ष सम्म भुमिहिन सुकुम्बासीहरुलाई आश्वासन दिएर संसदवादी राजनीतिक दलहरुले भोट बैकंको रुपमा उपयोग गरेर बनायर धोका दिएको आक्रोश व्यक्त गरेका थिए । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार