राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनल गर्ने काम पुनः सुरू गर्दै

काठमाडौँ । राष्ट्रिय भूमि आयोगले लगत संकलनल गर्ने काम पुनः सुरू गर्ने भएको छ । आयोगले विभिन्न स्थानीय तहमा लगत संकलन सम्बन्धी काम फेरि सुरू गर्ने भएको हो ।

चुनावको आचारसंहिताका कारण लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यमा रोक लगाएको थियो ।

निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागु नरहेको बताएको पछि राष्ट्रिय भूमि आयोगले लगत संकलनल गर्ने काम पुनः सुरू गर्ने भएको हो ।

आयोगले स्थानीय तहमा पुनः काम सुरू गरिएको जनाएको छ। आयोगले मंसिर २८ गतेदेखि पुनः काम सुरू गरिने जानकारी दिएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार