ब्रेकिङ न्युज

Featured posts

सेती भिजन एकेडेमीले मनायो आफ्नो १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस

सेती भिजन एकेडेमीले मनायो आफ्नो १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस

बर्दगोरिया । विभिन्न चरणहरु पार गर्दै कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर १० मा रहेको सेती भिजन एकेडमीले आफ्नो १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गर्दै बिधालयले आफ्नो १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नृप बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्किचुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया हरेका थिए । यस्तै विशिष्ट अतिथिमा लम्कि बहूमुखि क्याम्पस प्रमुख महेश बिक्रम थापा, लम्किचुहा नगरपालिका प्याब्सन का अध्यक्ष मोहन ढुंगाना, लम्कि बहूमुखि क्याम्पसका सहायक प्रमूख तथा सेति भिजन एकेडमीका प्रमुख व्यवस्थापक जनक…
पुरा पढ्नुहाेस्
देशभर खोप नलगाएका ५५ प्रतिशत बालबालिकामा दादुरा पुष्टि

देशभर खोप नलगाएका ५५ प्रतिशत बालबालिकामा दादुरा पुष्टि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ । दादुरा पुष्टि भएका करिब ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलिएको पाइएको मन्त्रालयले जनाएको हो । यो तथ्याङ्क २०७९ साल मङ्सिर ०३ गते देखि २०८० साल मङ्सिर १४ गते सम्मको रहेको मन्त्रालयको भनाई छ ।  यसमा शङ्कास्पद बिरामीको नमुना सङ्कलनको प्रयोगशाला परीक्षणबाट १ हजार ३४९ जना दादुरा रोगका बिरामी पुष्टि भएका थिए । ती मध्ये १ जनाको मृत्यु भएको थियो । दादुरा पुष्टि भएका मध्ये ७४ प्रतिशत ९ महिना देखि १५ वर्ष मुनिका र बाँकी ९ महिनादेखि ५ वर्ष मुनिका थिए…
पुरा पढ्नुहाेस्
NTBS ईङ्लिस बोर्डिङ स्कुलले मनायो दोस्रो बार्षिक उत्सब तथा अभिभावक दिवस

NTBS ईङ्लिस बोर्डिङ स्कुलले मनायो दोस्रो बार्षिक उत्सब तथा अभिभावक दिवस

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको NTBS ईङ्लिस बोर्डिङ स्कुलले आफ्नो दोस्रो बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको छ । बिधालयका संचालक समिती अध्यक्ष कोकिला खत्रीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती कर्ण बहादुर कुँवरले बिद्यालयमा शिक्षक, बिद्यार्थी र अभिभावक बिचको सुमधुर सम्बन्धले शिक्षण सिकाई प्रभावकारी हुने बताए । यश बिधालयले बिद्यार्थीको पठन पाठनमा ध्यान दिन आग्रह गर्दै बिधालयलाई अगाडी बढाउन आफुले गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे…
पुरा पढ्नुहाेस्
बर्दगोरियाम दादुरा-रुबेला खोप अभियान संचालन सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरियाम दादुरा-रुबेला खोप अभियान संचालन सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका स्वास्थ्य सेवा शाखाले शुक्रबार एक दिने दादुरा-रुबेला खोप अभियान संचालन सम्बन्धि खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालाहरु सङ्ग अन्तरक्रिया एवम छलफल कार्यक्रम गरेको छ । पालिकाका कोही पनि बालबालिका उक्त दादुरा रुवेला खोप लगाउन बाट बन्चित नहुन र खोप लगाउने कार्यक्रम लाई कसरी सफल पार्न सकिन्छ भन्ने विषयमा उक्त कार्यक्रम गरिएको बर्दगोरिया स्वास्थ्य शाखा प्रमुख मीन बहादुर धामीले जानकारी दिए । अभियान अन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिकाका १० हजार बालबालिका खोपको पहुँचमा आउने भएका छन् । विद्यालय सहित ४४ वटा खोप केन्द्रबाट सञ्चालन गरिने अभियान पालिकामा फागुन १३ देखी २३ गते सम्म चल्ने शुक्रवार अन्तरक्रिया कार्यक्रम…
पुरा पढ्नुहाेस्
दानुफाँटा नमुना सामुदायिक वनको ११औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः जोशी

दानुफाँटा नमुना सामुदायिक वनको ११औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः जोशी

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको ११ औं चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको अध्यक्षतामा शनिबार उक्त ११ औं चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त चुनावी साधारणसभा बाट पुन टेकराज जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा नन्दाराम विष्ट र धनबहादुर विश्वकर्मा रहेका छन भने सचीवमा लक्ष्मीदेवी सापकोटा, कोषाध्यक्षमा दृवबहादुर विश्वकर्मा, सहसचिव चक्रबहादुर विष्ट, सदस्यमा सविना बडुवाल, टेकसरा हमाल, विरबहादुर रानामगर, जुनादेवी भण्डारी, कलशा शाही, भविसरा सार्की चयन भएको निर्वाचन समितिका अधिकृत भुपेन्द्रबहादुर राष्कोटीले…
पुरा पढ्नुहाेस्
बालबाटिका विद्या मन्दिरले मनायो ११ औं बार्षिक उत्सब तथा अभिभावक दिवस 

बालबाटिका विद्या मन्दिरले मनायो ११ औं बार्षिक उत्सब तथा अभिभावक दिवस 

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको नव बालबाटिका विद्या मन्दिरले आफ्नो ११ औं बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको छ । बिधालयका संस्थापक देव बहादुर मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नास्ट इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक शिबहरी मुडभरी रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा नास्ट इन्जिनियरिङ कलेजका प्राचार्य उपेन्द्र बम र आरएमई स्कुल टिकापुरका प्राचार्य तेजराज खनाल रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती शिबहरी मुडभरिले बिद्यालयमा शिक्षक, बिद्यार्थी र अभिभावक बिचको सुमधुर सम्बन्धले शिक्षण सिकाई प्रभावकारी हुने बताए । उनले शिक्षाको विकासका लागि सबैको साझा चासो आवस्यक भएको भन्दै गुणस्तरीय शिक्षामा पनि जोड दिए…
पुरा पढ्नुहाेस्
श्री बालकन्या मा.वि.ले गर्‍यो सरस्वती पुजा सँगै विभिन्न सांस्कृतिक कार्यक्रम

श्री बालकन्या मा.वि.ले गर्‍यो सरस्वती पुजा सँगै विभिन्न सांस्कृतिक कार्यक्रम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको श्री बालकन्या माध्यमिक विद्यालयको आयोजनामा विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरिएको छ । सरस्वती पुजा एवम वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रा, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यालयका शिक्षक, शिक्षिकाहरुले विद्याकी देवी सरस्वतीको फोटोमा फुल अबिर तथा अगरबत्ती बालेर सरस्वती बन्दना गरी मनाएका छन्। सरस्वती पुजाकै अबसरमा चित्रकला प्रदशनी गरिनुका साथै सास्कृतिक कार्यक्रम गरिएको थियो । सोही अवसरमा विद्यालयले गाएन प्रतियोगिता समेत गरेको प्रधानाध्यापक सुशिला कुवरले बताउनुभयो । कार्यक्रममा बर्दगोरिया शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट,…
पुरा पढ्नुहाेस्
मोडर्न मालिका नेशनल विद्या निकेतनले मनायो सरस्वती पुजा सँगै आफ्नो ५ औं वार्षिक उत्सव

मोडर्न मालिका नेशनल विद्या निकेतनले मनायो सरस्वती पुजा सँगै आफ्नो ५ औं वार्षिक उत्सव

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको मोडर्न मालिका नेशनल विद्या निकेतन स्कुलले बुधबार सरस्वती पुजासहित आफ्नो ५ औं वार्षिक उत्सव मनाएको छ । सरस्वती पुजा एवम वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रा, अभिभावक तथा विद्यालयका शिक्षक, शिक्षिकाहरुले विद्याकी देवी सरस्वतीको फोटोमा फुल अबिर तथा अगरबत्ती बालेर सरस्वती बन्दना गरी मनाएका छन्। सरस्वती पुजाकै अबसरमा विविध सास्कृतिक कार्यक्रम गरिएको थियो । बार्षिकोत्सवको अवसरमा स्कुलले बिभिन्न खेलकुद, सांकृतिक तथा नृत्य प्रतियोगीताको गरेको थियो । सोही अवसरमा विद्यालयले आयोजना गरेका विभिन्न  प्रतियोगिताका बिजेता तथा स्वमुल्यांकनबाट विभिन्न…
पुरा पढ्नुहाेस्
नोवेल माद्यामिक बिद्यालयले मनायो अक्षरारम्भ गराउदै सरस्वती पूजा (फोटो फिचर)

नोवेल माद्यामिक बिद्यालयले मनायो अक्षरारम्भ गराउदै सरस्वती पूजा (फोटो फिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको नोवेल माद्यामिक बिद्यालयले अक्षरारम्भ गर्दै विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी सरस्वती पूजा मनाएको छ। हरेको वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस दिनलाई नोवेल माद्यामिक बिद्यालयले पनि विगत दिन जस्तै यस वर्ष पनि अक्षरारम्भ गर्दै विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी सरस्वती पूजा मनाएको हो। बिद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टका अनुसार अत्यधिक मात्रामा सना बालबालिकाहरुलाई अक्षरारम्भ गराइएको थियो। यस उत्सवलाई वसन्त ऋतुको शुरूआत पनि मानिन्छ। त्यसैले यसलाई वसन्त पञ्चमी समेत भन्ने गरिन्छ भनिन्छ । यस दिनमा विद्यार्थीले सरस्वतीको पूजा गरेमा पढाइमा सफलता मिल्ने धार्मिक विश्वास छ। सरस्वतीलाई ज्ञान, संगीत, कला र साहित्यकी…
पुरा पढ्नुहाेस्
आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे

आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे

काठमाडौँ । आज फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस । विश्वभर एक साथ मनाइँदैछ । आजका दिन प्रेमी-प्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्दै मनाउने गर्दछन । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर प्रेम साट्ने प्रचलन नेपालमा पनि बढ्दै गरिरहेको छ
पुरा पढ्नुहाेस्