ब्रेकिङ न्युज

Featured posts

आज पनि यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा

आज पनि यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसले गर्दा आज पनि देशभरको मौसम साधारणतया बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती प्रदेशसहित कोसी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि…
पुरा पढ्नुहाेस्
एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरियाको तेस्रो गाउँ परिषद सम्पन्न

एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरियाको तेस्रो गाउँ परिषद सम्पन्न

बर्दगोरिया । एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटीको तेस्रो गाउँ परिषद शनिवार सम्पन्न भएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटी अध्यक्ष पुष्कर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य गणेश राज गिरी (लालदीप) रहेका थिए । यस्तै कार्यक्रममा विशिष्ट अतिथि पार्टी जेष्ठ नागरिक सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य, पार्टी बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद (आएम), रहेका थिए । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उपाध्यक्ष गिरीले बर्दगोरिया गाउँपालिका तथा आफ्नो व्यक्तिगत तर्फबाट कुनै पनि शिक्षक…
पुरा पढ्नुहाेस्
राष्ट्रियसभा अध्यक्षसहित २० सांसदको पदावधि भोलि समाप्त हुँदै

राष्ट्रियसभा अध्यक्षसहित २० सांसदको पदावधि भोलि समाप्त हुँदै

काठमाडौँ । आइतबार भोलिदेखि राष्ट्रियसभाका अध्यक्षसहित भोलि २० सांसदको पदावधि समाप्त हुँदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आइतबारदेखि बिदा हुन लागेका हुन् । बिदाइ हुनेहरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल थापा पार्वती, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई बिदा हुँदैछन् । यस्तै कांग्रेसका चार सांसदहरू रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदाइ हुन लागेका हुन । यता नेकपा एसबाट नन्दा चापाई र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमीलाकुमारी, स्वतन्त्र सांसद…
पुरा पढ्नुहाेस्
अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला; नेपालले आज नेदरल्याण्डससँग खेल्दै

अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला; नेपालले आज नेदरल्याण्डससँग खेल्दै

काठमाडौं । नेपालले आज अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेदरल्याण्डससँग खेल्दैछ । हिजो नामिबियाविरुद्ध ३ रनले विजयी हुँदै नेपालले फाइनलको आशा जीवितै राखेको छ । फाइनलमा दाबेदारी बलियो बनाउन आज नेदरल्याण्ड्सलाई हराउनुपर्नेछ । त्यसपछि भोलि नामिबिया र नेदरल्याण्ड्सबीच हुने खेलको नतिजा पनि कुर्नुपर्नेछ । नेपाल यसअघिका दुई खेलमा भने पराजित भएको छ । नेपाललाई पहिलो खेलमा नामिबियाले २० र दोस्रो खेलमा नेदरल्यान्ड्सले दुई रनले हराएको थियो । नामिबियाले तीनमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । नेदरल्यान्ड्सले पनि दुई खेल खेलिसकेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा नामिबियालाई हराएको थियो । चार अंकसहित नेदरल्यान्ड्स पहिलो, दुई…
पुरा पढ्नुहाेस्

उपनिर्वाचनका लागि निर्वाचन आयोगले गर्‍यो आफ्नो कार्यतालिका सार्वजनिक

काठमाण्डौ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो कार्यतालिका सार्वजनिक गतेको छ । वैशाख १५ गते हुने इलाम प्रतिनिधि सभा क्षेत्र नं २ र बझाङ १ को प्रदेशसभा १ को लागी कार्यतालिका सार्वजनिक गरेको हो । जस अनुसार चैत २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यसै दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । आयोगका अनुसार उम्मेदवारको विरोधमा चैत २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ । २५ गते दिउँसो ३ बजेदेखि चैत २६ गते बेलुका ५ बजेसम्ममा…
पुरा पढ्नुहाेस्
टीकापुर अस्पताल, चार वर्षमा दुई हजार महिलाको भयो पाठेघरको शल्यक्रिया

टीकापुर अस्पताल, चार वर्षमा दुई हजार महिलाको भयो पाठेघरको शल्यक्रिया

टीकापुर । कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो । अस्पतालका स्त्री रोग विशेषज्ञ डा सञ्जयकुमार दासले  सुत्केरी सेवा लिने र पाठेघरको समस्या भएकालाई शल्यक्रिया सेवा दिएका हुन् । सो अवधिमा उनले जटिलता रहेका तीन हजार बढीलाई नर्मल सुत्केरी सेवासमेत दिएका छन्।     टीकापुर अस्पतालमा हरेक महिना झण्डै दुई सयले सुत्केरी सेवा लिने गरेका छन् । सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको डा दास बताउछन् । यसबाहेक अस्पतालमा सातामा तीन÷चार महिलाको पाठेघरको शल्यक्रिया हुने गरेको छ ।…
पुरा पढ्नुहाेस्
सेती भिजन एकेडेमीले मनायो आफ्नो १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस

सेती भिजन एकेडेमीले मनायो आफ्नो १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस

बर्दगोरिया । विभिन्न चरणहरु पार गर्दै कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर १० मा रहेको सेती भिजन एकेडमीले आफ्नो १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गर्दै बिधालयले आफ्नो १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नृप बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्किचुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया हरेका थिए । यस्तै विशिष्ट अतिथिमा लम्कि बहूमुखि क्याम्पस प्रमुख महेश बिक्रम थापा, लम्किचुहा नगरपालिका प्याब्सन का अध्यक्ष मोहन ढुंगाना, लम्कि बहूमुखि क्याम्पसका सहायक प्रमूख तथा सेति भिजन एकेडमीका प्रमुख व्यवस्थापक जनक…
पुरा पढ्नुहाेस्
देशभर खोप नलगाएका ५५ प्रतिशत बालबालिकामा दादुरा पुष्टि

देशभर खोप नलगाएका ५५ प्रतिशत बालबालिकामा दादुरा पुष्टि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ । दादुरा पुष्टि भएका करिब ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलिएको पाइएको मन्त्रालयले जनाएको हो । यो तथ्याङ्क २०७९ साल मङ्सिर ०३ गते देखि २०८० साल मङ्सिर १४ गते सम्मको रहेको मन्त्रालयको भनाई छ ।  यसमा शङ्कास्पद बिरामीको नमुना सङ्कलनको प्रयोगशाला परीक्षणबाट १ हजार ३४९ जना दादुरा रोगका बिरामी पुष्टि भएका थिए । ती मध्ये १ जनाको मृत्यु भएको थियो । दादुरा पुष्टि भएका मध्ये ७४ प्रतिशत ९ महिना देखि १५ वर्ष मुनिका र बाँकी ९ महिनादेखि ५ वर्ष मुनिका थिए…
पुरा पढ्नुहाेस्
NTBS ईङ्लिस बोर्डिङ स्कुलले मनायो दोस्रो बार्षिक उत्सब तथा अभिभावक दिवस

NTBS ईङ्लिस बोर्डिङ स्कुलले मनायो दोस्रो बार्षिक उत्सब तथा अभिभावक दिवस

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको NTBS ईङ्लिस बोर्डिङ स्कुलले आफ्नो दोस्रो बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको छ । बिधालयका संचालक समिती अध्यक्ष कोकिला खत्रीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती कर्ण बहादुर कुँवरले बिद्यालयमा शिक्षक, बिद्यार्थी र अभिभावक बिचको सुमधुर सम्बन्धले शिक्षण सिकाई प्रभावकारी हुने बताए । यश बिधालयले बिद्यार्थीको पठन पाठनमा ध्यान दिन आग्रह गर्दै बिधालयलाई अगाडी बढाउन आफुले गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे…
पुरा पढ्नुहाेस्
बर्दगोरियाम दादुरा-रुबेला खोप अभियान संचालन सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरियाम दादुरा-रुबेला खोप अभियान संचालन सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका स्वास्थ्य सेवा शाखाले शुक्रबार एक दिने दादुरा-रुबेला खोप अभियान संचालन सम्बन्धि खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालाहरु सङ्ग अन्तरक्रिया एवम छलफल कार्यक्रम गरेको छ । पालिकाका कोही पनि बालबालिका उक्त दादुरा रुवेला खोप लगाउन बाट बन्चित नहुन र खोप लगाउने कार्यक्रम लाई कसरी सफल पार्न सकिन्छ भन्ने विषयमा उक्त कार्यक्रम गरिएको बर्दगोरिया स्वास्थ्य शाखा प्रमुख मीन बहादुर धामीले जानकारी दिए । अभियान अन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिकाका १० हजार बालबालिका खोपको पहुँचमा आउने भएका छन् । विद्यालय सहित ४४ वटा खोप केन्द्रबाट सञ्चालन गरिने अभियान पालिकामा फागुन १३ देखी २३ गते सम्म चल्ने शुक्रवार अन्तरक्रिया कार्यक्रम…
पुरा पढ्नुहाेस्