दानुफाँटा नमुना सामुदायिक वनको ११औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः जोशी

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको ११ औं चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको अध्यक्षतामा शनिबार उक्त ११ औं चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
उक्त चुनावी साधारणसभा बाट पुन टेकराज जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा नन्दाराम विष्ट र धनबहादुर विश्वकर्मा रहेका छन भने सचीवमा लक्ष्मीदेवी सापकोटा, कोषाध्यक्षमा दृवबहादुर विश्वकर्मा, सहसचिव चक्रबहादुर विष्ट, सदस्यमा सविना बडुवाल, टेकसरा हमाल, विरबहादुर रानामगर, जुनादेवी भण्डारी, कलशा शाही, भविसरा सार्की चयन भएको निर्वाचन समितिका अधिकृत भुपेन्द्रबहादुर राष्कोटीले जानकारी दिए ।

साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को कुल ३७ लाख २९ हजार ३०७ रुपैयाँ बराबरको आयव्यय अनुमोदन गरेको छ । सभाको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरलेष शनिबार उद्घाटन गरेका थिए । सो क्रममा उनले सामुदायिक वन समुदायको सम्पत्ति भएको भन्दै यसको दिगो विकासमा जोड दिए ।

सामुदायिक वनको माध्यमबाट आर्थिक सशक्तीकरणका थुप्रै काम गर्न सकिने र जसबाट समाजमा रहेका गरिब बिपन्नहरुलाई आर्थिक सवलिकरणमा लिन सकिने बताए ।

यस्तै सामुदायिक वनले आफ्ना करिब ३ सय ५९ जन उपभोक्ता मध्ये ५४ जना विपन्न वर्गका नागरिकहरुलाई बाख्रा समेत वितरण गरिएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार