लम्की सांगितीक महोत्सवको तयारी तिव्र, ६० प्रतिशत काम सम्पन्न
२२, भाद्र २०७९ कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा हुन लागेको लम्की सांगितीक महोत्सवको तयारी तिव्र रुपमा अगाडि बढेको छ । लम्की एफ.एम.को आयोजनामा यहि भाद्र ३० गते देखि असोज ९ गते सम्म हुन लागेको उक्त लम्की सांगितीक महोत्सव २०७९ को तयारी तिव्र रुपमा अगाडि बढाईएको आयोजकले जानकारी दिएको छ । महोत्सव मुल समिति संयोजक दिपक सुनारका अनुसार हाल सम्म महोत्सवको तयारी स्वरुप ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । आज नौलो प्रेस सङ्ग कुरा गर्दै उक्त कुरा बताएका हुन । बाकी रहेको कार्यलाई तप तिव्रता दिदै छिटैनै सम्पन्न हुने बताएका हुन । हाईबे मिडिया प्रा.लि. द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेघाहर्जको आयोजनामा भदौ ३०…
















