NTBS ईङ्लिस बोर्डिङ स्कुलले मनायो दोस्रो बार्षिक उत्सब तथा अभिभावक दिवस

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको NTBS ईङ्लिस बोर्डिङ स्कुलले आफ्नो दोस्रो बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको छ ।

बिधालयका संचालक समिती अध्यक्ष कोकिला खत्रीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती कर्ण बहादुर कुँवरले बिद्यालयमा शिक्षक, बिद्यार्थी र अभिभावक बिचको सुमधुर सम्बन्धले शिक्षण सिकाई प्रभावकारी हुने बताए । यश बिधालयले बिद्यार्थीको पठन पाठनमा ध्यान दिन आग्रह गर्दै बिधालयलाई अगाडी बढाउन आफुले गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै बिधालयका संस्थापक नवराज टमट्टाले बिधालयमा शिक्षण शिकाई प्रभाबकारी रहेको बताए । हाल बिधालय ५ सम्म भएकाले थप कक्षा संचालनका लागी पालिकाले सहयोग गर्नुपर्ने बताए । उनले भने यश बिधालयमा टाढा जान नस्कने विद्यार्थीहरु भएकाले पनि यश बिधालयमा थप कक्षा आवश्यक छ । बिधालयले पुर्‍याउनु पर्ने सबै मापदण्ड पुगाउने बताए ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मन्ऋषी आचार्य ,शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट,कार्यपालिका सदस्य भिम बि क, वडा सदस्य बसन्ती साउद , राम बहादुर चौधरी , भवना बि क ,शिक्षक नेत्र बहादुर खड्का , बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम, उदय बिष्ट,चक्र बहादुर बिष्ट लगाएत विभिन्न तह तप्कामा रहेका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन बिधालयका प्रिन्सिपल शिखर बि क ले गरेका थिए । कार्यक्रममा बिधालयका विद्यार्थीहरुले विभिन्न सास्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा चर्चित देउडा गायिका डिक्रा देवि र संशार धामीले अभिभावक र बिद्यार्थीलाई देउडा गितमा नचाएका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार