मोडर्न मालिका नेशनल विद्या निकेतनले मनायो सरस्वती पुजा सँगै आफ्नो ५ औं वार्षिक उत्सव

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको मोडर्न मालिका नेशनल विद्या निकेतन स्कुलले बुधबार सरस्वती पुजासहित आफ्नो ५ औं वार्षिक उत्सव मनाएको छ ।

सरस्वती पुजा एवम वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रा, अभिभावक तथा विद्यालयका शिक्षक, शिक्षिकाहरुले विद्याकी देवी सरस्वतीको फोटोमा फुल अबिर तथा अगरबत्ती बालेर सरस्वती बन्दना गरी मनाएका छन्।

सरस्वती पुजाकै अबसरमा विविध सास्कृतिक कार्यक्रम गरिएको थियो । बार्षिकोत्सवको अवसरमा स्कुलले बिभिन्न खेलकुद, सांकृतिक तथा नृत्य प्रतियोगीताको गरेको थियो ।

सोही अवसरमा विद्यालयले आयोजना गरेका विभिन्न  प्रतियोगिताका बिजेता तथा स्वमुल्यांकनबाट विभिन्न विद्या र क्षेत्रमा उत्कृष्ट  विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अथिति तथा वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विक र विशिस्ट अथिती बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष अमर बहादुर बमले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विकले बिद्यालयले शिक्षक, बिद्यार्थी र अभिभावक बिचको सुमधुर सम्बन्धले शिक्षण सिकाई प्रभावकारी हुने बताए ।

 उनले शिक्षाको विकासका लागि सबैको साझा चासो आवस्यक भएको भन्दै गुणस्तरीय शिक्षामा पनि जोड दिए ।  उनले शिक्षा क्षेत्रमा निजि बिद्यालयले खेलेको भुमीका निकै महत्वपुर्ण रहेको बताए ।

कार्यक्रम विद्यालयाला प्रिन्सिपल गणेश शाहीको अध्यक्षतामा  सम्पन्न भएको थियो  ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार