बौनिया । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै गएसँगै नेपाली कम्युनिस्ट पार्टी कैलाली क्षेत्र नम्बर २ ले पार्टीको वडा सम्पर्क कार्यालयको उद्घाटनलाई पनि तीव्रता दिएको छ।

सोही क्रममा आज कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा वडा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।

पार्टी सम्पर्क कार्यालयको कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नन्दबहादुर साउद ले गरेका थिए ।

पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्दै साउदले अहिलेको निर्वाचन विषम परिस्थितिको निर्वाचन भएको बताए । यो निर्वाचनमा यहाँहरुले विशेषगरी देशको रक्षात्मक तरिकाले बुझ्न समेत आम उपस्थिति जनसमुदायमा आग्रह गरे । हुन त आम समुदायले निर्वाचन भन्ने बित्तिकै विकास निर्माणका कार्यलाई मात्र बुझ्ने र सम्झने गरेका छन् । तर अहिलेको यो निर्वाचन देशको रक्षात्मक संविधान बचाउने निर्वाचन पनि हो। त्यसकारण यहाँले विकास निर्माणको कार्यभन्दा पनि ठूलो देशको संविधानको रक्षा गर्न निम्ति नेपाली कम्युनिस्ट पार्टी को चुनाव चिन्ह धारामा मतदान गर्न समेत आग्रह गरे । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने पार्टी को नेतृत्व कमरेड पुष्पकमल दाहाल प्रचण्डले गरेको र अहिले पनि यसको रक्षाको निम्ति प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नै अग्रसर भएको हुँदा आम जनसमुदायले नेपाली कम्युनिस्ट पार्टीलाई आफ्नो अमूल्य मतदान गर्न समेत आग्रह गरे ।

साथै २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्य हुँदै गर्दा बर्दगोरिया गाउँपालिका वडा नं ४ मा गरेका आफ्ना विकासे योजनाको बारेमा जानकारी गराउँदै आफू निर्वाचित भएपछि विशेषगरी क्षेत्र नम्बर २ र यस वडाको समग्र विकास मा कुनै पनि विभेद नगरी विकासका योजनाहरू अगाडि बढाउने प्रतिबद्धता समेत गरे ।

यहाँले नेपाली कम्युनिस्ट पार्टीको बाट आफूलाई निर्वाचित गराएपछि आफ्नो निर्वाचन क्षेत्रलाई देशकै नमुना क्षेत्रको रुपमा विभीन्न औद्योगिक योजना सहित विकास निर्माणका कार्यलाई अगाडि बढाउने बताए ।
















