बौनिया । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै गएसँगै नेपाली कम्युनिस्ट पार्टी कैलाली क्षेत्र नम्बर २ ले प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ।
नेपाली कम्युनिस्ट पार्टीबाट कैलाली क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नन्दबहादुर साउद ले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिने क्रममा आइतबार कैलाली बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा चुनावी प्रचार तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् ।

घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार साउदले प्रत्येक वडाबासीको घरघरमा पुगी आफ्नो एजेन्डासहित फागुन २१ गते हुने निर्वाचनमा आफ्नो चुनाव चिन्ह तारामा मतदान गरी निर्वाचित गराइदिन आम जनताहरूमा अनुरोध गरेका थिए।

सोही क्रममा उनले २०७५ सालमा भएको प्रदेश सभा निर्वाचनबाट आफू निर्वाचित भएपछि यस वडामा गरेका विभिन्न विकास निर्माणको बारेमा समेत सम्पूर्ण वडावासीहरुमा जानकारी गराएका थिए ।


उनले भने “आफू प्रदेश सभा सदस्य हुँदै गर्दा क्षेत्र नम्बर २ ख अन्तर्गत आफूले प्रदेशसभाबाट हुन सक्ने सम्पूर्ण विकास निर्माणका कामलाई क्रमश अगाडि बढाएको जानकारी दिँदै संघीय सरकारबाट हुने विकासको योजनालाई समेत आफूले आफ्नो चिनजानको आधारबाट विकास निर्माणका क्रमलाई क्रमश दिएको बताए ।

यसका साथै फागुन २१ गते हुने निर्वाचनमा यहाँका जनताहरुले आफूलाई अमूल्य भोट दिएर निर्वाचित गराएको खण्डमा आफू समग्र आफ्नो निर्वाचन क्षेत्रलाई विशेष लक्षित गर्दै विकास निर्माणमा उत्कृष्ट क्षेत्र बनाउने कुरामा प्रतिबद्धता जनतामाझ व्यक्त गरे।
सोही क्रममा उनले भने अहिलेको निर्वाचन निरन्तरको निर्वाचन नभई देशको परिस्थिति अनुसारको विशेष निर्वाचन हो । हामीले विकास निर्माणका कुरालाई मात्र जोड दिएका छौं। तर त्योभन्दा पनि पहिलो काम भनेको देशको संविधानको रक्षा गर्नुहो । देश अहिले विषम परिस्थितिसँग लडिरहेको हुँदा सर्वप्रथम यहाँहरुले संविधानको पक्षका निम्ति आफ्नो अमूल्य मत नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्न तारामा आफ्नो अमूल्य मतदान गर्नुपर्ने जरुरी छ ।”
सोही क्रममा उनले जोडे विकास निर्माणका कामहरू पनि अहिलेको एक आवश्यकता पनि हो। यसलाई पनि क्रमश रुपमा अगाडि बढाउने क्रममा नेपाली कम्युनिस्ट पार्टी र आफू कटिबद्ध छु ।
घरदैलो कार्यक्रमसँगै उनले वडा नम्बर ३ स्थित खैरेनीमा पार्टीको निर्वाचन सम्पर्क कार्यालय को समेत उद्घाटन गरेका थिए । कार्यालयको उद्घाटन गर्दै उनले पार्टी कार्यकर्ताहरूमा वडा नम्बर ३ का आम जनताको जनगुनासो उनीहरूका आवश्यकतालाई क्रमश लिपिबद्ध गरेर राख्न समेत वडाका नेता कार्यकर्ताहरूमा अनुरोध गरे।


















