बर्दगोरियाम दादुरा-रुबेला खोप अभियान संचालन सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका स्वास्थ्य सेवा शाखाले शुक्रबार एक दिने दादुरा-रुबेला खोप अभियान संचालन सम्बन्धि खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालाहरु सङ्ग अन्तरक्रिया एवम छलफल कार्यक्रम गरेको छ ।

पालिकाका कोही पनि बालबालिका उक्त दादुरा रुवेला खोप लगाउन बाट बन्चित नहुन र खोप लगाउने कार्यक्रम लाई कसरी सफल पार्न सकिन्छ भन्ने विषयमा उक्त कार्यक्रम गरिएको बर्दगोरिया स्वास्थ्य शाखा प्रमुख मीन बहादुर धामीले जानकारी दिए ।

अभियान अन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिकाका १० हजार बालबालिका खोपको पहुँचमा आउने भएका छन् । विद्यालय सहित ४४ वटा खोप केन्द्रबाट सञ्चालन गरिने अभियान पालिकामा फागुन १३ देखी २३ गते सम्म चल्ने शुक्रवार अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी दिइएको छ ।

अभियानमा १८ जना स्वास्थ्यकर्मी र १ सय ३२ जना स्वयंसेवक परिचालन गरिने छ । अभियान प्रभावकारिताका लागि ५ जनाको अनुगमन समितिले नियमित निगरानी समेत राख्ने स्वास्थ्य शाखा प्रमुख मीन बहादुर धामीले जानकारी दिए । खोप अभावका कारण हुन सक्ने रोगहरूको महामारी रोक्न यो अभियान महत्त्वपूर्ण हुने जनाइएको छ ।

खोप नै बालबालिकाको सर्वोत्तम हित भएकाले यो अभियान सफल पार्न सबैले सहयोग गर्न बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरीले समेत आग्रह गरेका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार