नोवेल माद्यामिक बिद्यालयले मनायो अक्षरारम्भ गराउदै सरस्वती पूजा (फोटो फिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको नोवेल माद्यामिक बिद्यालयले अक्षरारम्भ गर्दै विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी सरस्वती पूजा मनाएको छ।

हरेको वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस दिनलाई नोवेल माद्यामिक बिद्यालयले पनि विगत दिन जस्तै यस वर्ष पनि अक्षरारम्भ गर्दै विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी सरस्वती पूजा मनाएको हो।

बिद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टका अनुसार अत्यधिक मात्रामा सना बालबालिकाहरुलाई अक्षरारम्भ गराइएको थियो।

यस उत्सवलाई वसन्त ऋतुको शुरूआत पनि मानिन्छ। त्यसैले यसलाई वसन्त पञ्चमी समेत भन्ने गरिन्छ भनिन्छ ।

यस दिनमा विद्यार्थीले सरस्वतीको पूजा गरेमा पढाइमा सफलता मिल्ने धार्मिक विश्वास छ।

सरस्वतीलाई ज्ञान, संगीत, कला र साहित्यकी पनि देवी रुपमा पुज्ने गरिन्छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार