बालबाटिका विद्या मन्दिरले मनायो ११ औं बार्षिक उत्सब तथा अभिभावक दिवस 

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको नव बालबाटिका विद्या मन्दिरले आफ्नो ११ औं बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको छ ।

बिधालयका संस्थापक देव बहादुर मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नास्ट इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक शिबहरी मुडभरी रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा नास्ट इन्जिनियरिङ कलेजका प्राचार्य उपेन्द्र बम र आरएमई स्कुल टिकापुरका प्राचार्य तेजराज खनाल रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती शिबहरी मुडभरिले बिद्यालयमा शिक्षक, बिद्यार्थी र अभिभावक बिचको सुमधुर सम्बन्धले शिक्षण सिकाई प्रभावकारी हुने बताए । उनले शिक्षाको विकासका लागि सबैको साझा चासो आवस्यक भएको भन्दै गुणस्तरीय शिक्षामा पनि जोड दिए ।  उनले शिक्षा क्षेत्रमा निजि बिद्यालयले खेलेको भुमीका निकै महत्वपुर्ण रहेको बताए ।

नेपाल सरकारले निजि क्षेत्रमा लगानी लगाएर भबिस्य खोजी रहेका विद्यार्थीहरुको लागि विभेद गरेको बताउदै, आगामी दिनमा सामुदायिक बिधालय र निजि क्षेत्रको बिधालयमा अध्यन गरेको विद्यार्थीले समान रुपमा सम्मान पाउनु पर्ने बताए ।

कार्यक्रममा नव बालबाटिका डान्सिङ आईडल बन्न रेजिना साउद सफल भएकी छन । उनले ६ जनालाई पछि पार्दै यो बर्षको डान्सिङ आईडल बन्दै नगद ७ हजार ५ सय पुरस्कार समेत हात पारेकी छन । यसै करुणा शाहले डान्सिङ आईडलको दोस्रो स्थान हात पारिन । उनले नगद ५ ह्जार पाईन ।

बिधालयले यश बर्ष को उत्कृष्ट शिक्षकमा धन बहादुर बोहारलाई नगद सहित सम्मान गरेको छ । यसै गरि उत्कृष्ट शिक्षिकाको पुरस्कार सुनिता चौधरिले पाईन । दुबै शिक्षक शिक्षिकाले नगद १०/१० ह्जार संगै दोसल्ला र प्रमाणपत्रले सम्मानित भएका हुन ।

यसै गरि बिधालयले बिधालयका विभिन्न क्षेत्रमा सहयोग गरे बापत पत्रकार पदम राज ओझा ,राजेन्द्र रावल र विद्यालयमा हुने विभिन्न क्रियाकलापमा नृत्य सिकाई बिधालयको नाम राख्न सफल भएको भन्दै खुस्बु मल्लपनी सम्मानित भएकी छन । तिनै जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

साथै बिधालयले सफल अभिभावक डम्मरा देवि भुल र सहयोगी अभिभावक लोक बहादुर शाहलाई सम्मान गरेको छ ।

बिधालयले अनुसाशित विद्यार्थी ,सरसफाईमा ध्यान दिने विद्यार्थी र बिधालयको हरेक क्षेत्रमा उत्कृष्ट हुने बिद्यार्थीलाई पनि प्रमाणपत्र र मायाको चिनोले सम्मान गरेको छ ।

कार्यक्रममा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम, नेपाल रेडक्रस उपशाखा बौनियाका सभापती लक्ष्मी राज जोशी, लम्कि बहुमुखी क्याम्पसका उप प्रमुख जनक बिष्ट ,लम्की प्याब्सनका अध्यक्ष मोहन ढुंगाना ,बौनिया जेसिजका अध्यक्ष वीर बहादुर बिष्ट , बसन्त मुरारी नमुना मा वि का प्राचार्य तारा प्रसाद जोशी, बालकन्या मा वि का शिक्षक चक्र बहादुर शाही लगाएत विभिन्न तह तप्कामा रहेका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन बिधालयका संस्थापक प्रमोद मल्ल र प्रिन्सिपल हर्क ओडले गरेका थिए । कार्यक्रममा बिधालयका विद्यार्थीहरुले विभिन्न सास्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार