
बर्दगोरियामा एक महिला मृत अबस्थामा फेला
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक महिला मृत अबस्थामा भेटिएकी छ्न । पालिकाको वडा नम्बर ३ स्थिति स्थानीय शङ्कर ओलीकि २३ वर्षिय श्रीमती निर्मला ओली मृत अवस्थामा फेला परेकी हुन । उनी आफ्नै घरभित्र झुन्डिएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जनाएको छ । प्रहरीकाअनुसार ओली आइतबार बिहान घरभित्र झुन्डिएको अबस्थामा भेटिएकी हुन । उनको श्रीमान विगत १५ महिनादेखि रोजगारीको शिलसिलामा छिमेकी देश भारतमा रहेका छन । उनको घरमा सासू बुहारी र ओलीकी डेढ वर्षकी छोरी बस्दै आएका थिए । ओलीको मृत्यु बारे प्रहरीले थप अनुसन्धान प्रहरीले जनाएको छ । घटनाबारे थप जानकारी बाकी रहेको छ ।