बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बिहीवार संस्थाका अध्यक्ष पार्वती साउदको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) रहेका थियो भने विशिष्ट अथितिमा वडा नम्बर ६ का वडा सदस्य नेहा कुमारी चौधरी रहेकी थिइन ।
साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले सहकारीलाई आफुले बिगत देखि नै वडाको तर्फबाट सहयोग गर्दै आएको बताए । सहकारीको कार्यक्षेत्र आफ्नो वडामा समेत भएकोले आफू जुनसुकै समयमा पनि सहकारीलाई सहयोग गर्दै आएको बताउदै वडा नम्बर ६ स्थित पृथ्वीपुरमा सहकारीको सम्पर्क कार्यालय खोल्न समेत वडालो तर्फबाट सहयोग गरेको बताउदै उक्त सहकारी नाफा मुलक नभई कृषक हरुको सेवा मुलक संस्था रहेको भन्दै प्रशासन समेत गरे ।
पछिल्लो समय आफू पालिकाको विषयगत शाखा अनुसार पनि सम्बन्धि क्षेत्र तर्फ रहेको हुँदा सहकारीको सल्लाह सुझाव लाई आत्मसात गर्दै सहकारीलाई आवश्यक पर्ने कार्यमा आफ्नो सहयोग रहने बताए ।
कार्यक्रममा विशिष्ट अतिथी वडा नम्बर ६ का वडा सदस्य नेहा चौधरी, पुर्व पालिका उपाध्यक्ष भगवती डगौरा थारु, सिर्जनशील ग्रामीण विधुत सहकारी सस्थाका अध्यक्ष देवानन्द जोसी लगाएतका व्यक्ति कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै कार्यक्रममा सहकारी संस्थाले वर्ष भरिमा उत्कृष्ट कृषि कार्य गर्ने ४ जना सेयर सदस्यलाई प्रमाणपत्र सहित सम्मान समेत गरेको थियो ।