बर्दगोरिया पशु स्वास्थ्य सेवा शाखा द्वारा वडा नं. २ मा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ बनडेवामा निशुल्क पशु स्वास्थ्य शिबिर तथा खोप कार्यक्रम सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिकाको पशु सेवा शाखाको सहकार्यमा निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि क को अध्यक्षतामा कार्यक्रम भएको हो ।

उक्त शिविरवाट वडा नम्बर २ का २ सय बढी पशुधनीहरुले सेवा लिएका छन् । बिहान ८ बजेदेखी दिउँसो ३ बजे सम्म संचालन गरेको उक्त शिविरमा १ हजार २ सय ५५ पशुहरुको औषधी उपचार र २ सय ३९ लाई खोप लगाइएको पशु शाखाका पशु स्वास्थ्य अधिकृत जय प्रसाद कोईरालाले जानकारी दिए ।

कार्यक्रममा सहभागी पशु प्राबिधिकहरुले कुकुर र बिरालोलाई रेविज भ्याक्सीन, गाईगोरु , भैसी , राँगालाई एलएसडी खोप लगाएका थिए । यसका साथै पशुधनीहरुलाई निशुल्क रुपमा औषधि र भिटामिन समेत बितरण गरिएको पशु स्वास्थ्य प्राबिधिक अनिल ओलिले बताए । सो शिबिरमा १६ पशुहरुलाई बन्ध्याकरण समेत गरिएको छ ।

गाउँघरमै आएर आफ्ना पशुहरुको निशुल्क स्वास्थ्य उपचार गरेको भन्दै स्थानियहरु निकै खुसी भएका छन् । पशु शाखाले समय समयमा पालिकाभरीका बिभिन्न बिकट बिकट गाउँठाउँमा पुगेर निशुल्क पशु स्वास्थ्य शिबिर संचालन गर्दै आइरहेको वडा अध्यक्ष गोबिन्द बि क ले बताए । उनले गाउँघरमा भेटनरी नहुदाँ बिरामी पशु औषधि उपचार नपाएर मर्नुपर्ने अबस्थाको अन्त्य गर्नु आफुहरुको उद्देश्य रहेको बताए । यसरी गाउँ ठाउँमा पुगेर निशुल्क शिविर संचालन गर्दा धेरै पशुधनीहरुलाई राहात पुग्ने बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार