Draft post unpublished

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढ्यो 

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढ्यो 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाएको छ । सोमबार (फागुन ४) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो । निगमका अनुसार, पेट्रोल लिटरमा एक रुपैयाँ बढाइएको छ । त्यस्तै, डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको निगमले जनाएको छ । मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ तोकिएको छ । त्यस्तै, डिजेल/मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ तोकिएको छ ।  
पुरा पढ्नुहाेस्
नेपाली कम्युनिस्ट पार्टीले दियो घरदैलो कार्यक्रमलाई तीव्रता

नेपाली कम्युनिस्ट पार्टीले दियो घरदैलो कार्यक्रमलाई तीव्रता

बौनिया । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै गएसँगै नेपाली कम्युनिस्ट पार्टी कैलाली क्षेत्र नम्बर २ ले प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ। नेपाली कम्युनिस्ट पार्टीबाट कैलाली क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नन्दबहादुर साउद ले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिने क्रममा आइतबार कैलाली बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा चुनावी प्रचार तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार साउदले प्रत्येक वडाबासीको घरघरमा पुगी आफ्नो एजेन्डासहित फागुन २१ गते हुने निर्वाचनमा आफ्नो चुनाव चिन्ह तारामा मतदान गरी निर्वाचित गराइदिन आम जनताहरूमा अनुरोध गरेका थिए। सोही क्रममा उनले २०७५ सालमा भएको…
पुरा पढ्नुहाेस्
दलहरूलाई राष्ट्रपतिले भने- संविधान जोगाउन चुनावमा लाग्नुस्

दलहरूलाई राष्ट्रपतिले भने- संविधान जोगाउन चुनावमा लाग्नुस्

२४ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रवार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उक्त आग्रह गरेका हुन् । उनले शान्ति सुरक्षाको आवश्यक प्रवन्ध गरी  निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिनुभएको प्रेस सल्लाहकार किरण पोखरेलले बताए । राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताए । पौडेलले राजनीतिक दलहरूमा कुनै द्धिविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक…
पुरा पढ्नुहाेस्
देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज १ बजेका लागि पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।   बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा र विकशित घटनाक्रमबारे छलफल हुने महतले जानकारी दिए । उनको बैठक देउवा अहिले बसिरहेकै स्थानमा हुने संकेत गरे । अफिस अलि व्यवस्थित भइसकेको छैन । बैठक बाहिरै बस्छ होलाु, उनले भने ।   जेन–जी आन्दोलनका क्रममा देउवामाथि भौतिक आक्रमण भएको थियो । बूढानीलकण्ठस्थित निवासमै उनी र श्रीमती आरजु राणामाथि आक्रमण गर्दै निवासमा आगजनी गरिएको थियो ।   कांग्रेस मुख्यालयमा पनि आगजनी भएको थियो ।      
पुरा पढ्नुहाेस्
आश्विन कृष्ण पक्ष : आजदेखि सुरु भयो सोह्र श्राद्ध

आश्विन कृष्ण पक्ष : आजदेखि सुरु भयो सोह्र श्राद्ध

२३ भदौ, काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने…
पुरा पढ्नुहाेस्
नयाँ वर्ष २०८२ः बौनियाँ जेसिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८२ः बौनियाँ जेसिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बर्दगोरिया । बौनिया जेसिजले नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान सँगै चियापान कार्यक्रम आईतवार सम्पन्न गरेको छ । बौनिया जेसिज बर्ष २०२५ का अध्यक्ष मिलन ओलिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरि रहेका थिए। यसै कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोविन्द बि क , बौनिया जेसिजका संस्थापक अध्यक्ष लिला राज शाही र ईलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक वीर बहादुर थापा रहेका थिए । बौनिया जेसिज बर्ष २०२५ का कोषाध्यक्ष थिरेन्द्र गडशिलाको आस्थापाठ संगै सुरु भएको कार्यक्रममा बौनिया जेसिज बर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझा, बर्ष २०२३ का अध्यक्ष चक्र बहादुर…
पुरा पढ्नुहाेस्
श्री पथरिया सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न

श्री पथरिया सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ मा रहेको श्री पथरिया सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष भद्र विष्टको अध्यक्षतामा शनिबार भएको उक्त १७ औं वार्षिक साधारण सभाका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हरि प्रसाद चौधरी हरेको थिए । कार्यक्रलाई समबोधन गर्दै प्रमुख अतिथि चौधरीले सामुदायिक वन समुदायको भएको हुँदा त्यसको प्रत्यक्ष लाभ आम समुदायलाई हुनु पर्ने बताए । समुदायलाई वन बाट पाउने हरेक प्रकारका सेवा सुलभ दरमा दिन समेत अनुरोध गरे । विगतमा लाखौ रकम घाटमा गएको यो वन अहिले आएर नाफामा गएको…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा १५ औं राष्ट्रपति रनिङ सिल्ड पालिका स्तरिय विद्यालय खेलकुद प्रतियोगिता सुरु

बर्दगोरियामा १५ औं राष्ट्रपति रनिङ सिल्ड पालिका स्तरिय विद्यालय खेलकुद प्रतियोगिता सुरु

२३पुस /कैलालीको बर्दगोरियामा १५ औं राष्ट्रपति रनिङ सिल्ड पालिका स्तरिय विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीका खेल सन्चालन हुनेछन् । प्रतियोगिताको मंगलबार उदघाटन गर्दै बर्दगोरिया गाउँपालिका गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरलेले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए । खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने उनको भनाइ थियो । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष गणेश राज गिरिले शारीरिक…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु

बर्दगोरियामा पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु

बर्दगोरिया । कैलालीको बर्दगोरियामा शुक्रबादेखि पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा सुरु भएको दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको गाउँपलिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न । “पारस्परिक सदभाव, आपसी सहयोग र मित्रताका लागि खेल” भन्ने मूल नाराका साथ सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष कुवरले बर्दगोरियाको खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने भन्दै प्रतियोगितालाई सफल रूपमा संचालन गर्न आफुले सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले खेल जीत हारको मात्र नभई आपसी सम्बन्ध ,भाइचारा र मित्रताको प्रतीक बन्ने हुँदा प्रतियोगिता सफल पार्न सबैको सहयोग उतिकै महत्त्वपूर्ण हुने बताए ।…
पुरा पढ्नुहाेस्
श्री जम्नेहेटा  सा.व.उ. समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न 

श्री जम्नेहेटा  सा.व.उ. समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न 

 बौनिया । श्री जम्नेहेटा  सामुदायिक वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष तेतराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका ६ नं का वडा सदस्य अमर सिंह दहित रहनु भएको थियो । विशिष्ट अतिथिमा सब डिभिजन वन कार्यालय सुखडका प्रतिनिधि ज्ञानु चौधरी रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले वन संरक्षणमा सबै एकजुट भएर लाग्न उपस्थित सबै आम उपभोक्तालाई आग्रह गरे, वन जङ्गल जोगाउनु हामी सबैको दायित्व हो जसमा तपाईँ हामी सबै मिली यसको संरक्षणमा जोड दिनु पर्छ । वनकी कोषाध्यक्ष अनुराधा चौधरीले स्वागत मन्तव्य सँगै सार्वजनिक…
पुरा पढ्नुहाेस्