Draft post unpublished

नयाँ वर्ष २०८२ः बौनियाँ जेसिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८२ः बौनियाँ जेसिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बर्दगोरिया । बौनिया जेसिजले नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान सँगै चियापान कार्यक्रम आईतवार सम्पन्न गरेको छ । बौनिया जेसिज बर्ष २०२५ का अध्यक्ष मिलन ओलिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरि रहेका थिए। यसै कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोविन्द बि क , बौनिया जेसिजका संस्थापक अध्यक्ष लिला राज शाही र ईलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक वीर बहादुर थापा रहेका थिए । बौनिया जेसिज बर्ष २०२५ का कोषाध्यक्ष थिरेन्द्र गडशिलाको आस्थापाठ संगै सुरु भएको कार्यक्रममा बौनिया जेसिज बर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझा, बर्ष २०२३ का अध्यक्ष चक्र बहादुर…
पुरा पढ्नुहाेस्
श्री पथरिया सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न

श्री पथरिया सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ मा रहेको श्री पथरिया सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष भद्र विष्टको अध्यक्षतामा शनिबार भएको उक्त १७ औं वार्षिक साधारण सभाका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हरि प्रसाद चौधरी हरेको थिए । कार्यक्रलाई समबोधन गर्दै प्रमुख अतिथि चौधरीले सामुदायिक वन समुदायको भएको हुँदा त्यसको प्रत्यक्ष लाभ आम समुदायलाई हुनु पर्ने बताए । समुदायलाई वन बाट पाउने हरेक प्रकारका सेवा सुलभ दरमा दिन समेत अनुरोध गरे । विगतमा लाखौ रकम घाटमा गएको यो वन अहिले आएर नाफामा गएको…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा १५ औं राष्ट्रपति रनिङ सिल्ड पालिका स्तरिय विद्यालय खेलकुद प्रतियोगिता सुरु

बर्दगोरियामा १५ औं राष्ट्रपति रनिङ सिल्ड पालिका स्तरिय विद्यालय खेलकुद प्रतियोगिता सुरु

२३पुस /कैलालीको बर्दगोरियामा १५ औं राष्ट्रपति रनिङ सिल्ड पालिका स्तरिय विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीका खेल सन्चालन हुनेछन् । प्रतियोगिताको मंगलबार उदघाटन गर्दै बर्दगोरिया गाउँपालिका गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरलेले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए । खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने उनको भनाइ थियो । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष गणेश राज गिरिले शारीरिक…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु

बर्दगोरियामा पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु

बर्दगोरिया । कैलालीको बर्दगोरियामा शुक्रबादेखि पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा सुरु भएको दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको गाउँपलिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न । “पारस्परिक सदभाव, आपसी सहयोग र मित्रताका लागि खेल” भन्ने मूल नाराका साथ सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष कुवरले बर्दगोरियाको खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने भन्दै प्रतियोगितालाई सफल रूपमा संचालन गर्न आफुले सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले खेल जीत हारको मात्र नभई आपसी सम्बन्ध ,भाइचारा र मित्रताको प्रतीक बन्ने हुँदा प्रतियोगिता सफल पार्न सबैको सहयोग उतिकै महत्त्वपूर्ण हुने बताए ।…
पुरा पढ्नुहाेस्
श्री जम्नेहेटा  सा.व.उ. समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न 

श्री जम्नेहेटा  सा.व.उ. समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न 

 बौनिया । श्री जम्नेहेटा  सामुदायिक वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष तेतराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका ६ नं का वडा सदस्य अमर सिंह दहित रहनु भएको थियो । विशिष्ट अतिथिमा सब डिभिजन वन कार्यालय सुखडका प्रतिनिधि ज्ञानु चौधरी रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले वन संरक्षणमा सबै एकजुट भएर लाग्न उपस्थित सबै आम उपभोक्तालाई आग्रह गरे, वन जङ्गल जोगाउनु हामी सबैको दायित्व हो जसमा तपाईँ हामी सबै मिली यसको संरक्षणमा जोड दिनु पर्छ । वनकी कोषाध्यक्ष अनुराधा चौधरीले स्वागत मन्तव्य सँगै सार्वजनिक…
पुरा पढ्नुहाेस्
संविधान दिवस मनाउनुको अर्थ नेपाल र नेपाली जनतालाई एकताबद्ध गर्नु हो: ‘प्रचण्ड’

संविधान दिवस मनाउनुको अर्थ नेपाल र नेपाली जनतालाई एकताबद्ध गर्नु हो: ‘प्रचण्ड’

संविधानसभाबाट संविधान जारी भएको आज नौ वर्ष पूरा भई दशौं वर्षमा प्रवेश गरेको छ । यो ऐतिहासिक अवसरमा के भन्न चाहनुहुन्छ ? –आज असोज ३ गते नेपालको संविधान दिवस र राष्ट्रिय दिवस । सबैभन्दा पहिले म यस ऐतिहासिक दिवसका अवसरमा संविधान निर्माणका निम्ति योगदान गर्ने देशभित्र र बाहिरका सम्पूर्ण नेपाली जनताप्रति हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु । देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको स्तरसम्म ल्याइपु¥याउन महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न प्रकारका आन्दोलनमा प्राण उत्सर्ग गर्ने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, बेपत्ता यौद्धा, घाइते तथा अपाङ्ग लगायत सम्पूर्ण गणतान्त्रिक यौद्धाहरुप्रति उच्च सम्मान व्यक्त…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाले मनायो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया गाउँपालिकाले मनायो संविधान दिवस (फोटो फिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा संविधान दिवस मनाइएको छ। पालिकाको मुख्य बजारको रूपमा रहेको बौनिया बजारमा राष्ट्रिय झन्डा फहराउँदै दीप प्रज्वलन गरी भव्य रूपमा मनाइएको हो।   सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो। त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।  फोटो फिचर
पुरा पढ्नुहाेस्
मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै

काठमाडौं । अब मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । दसैँ, तिहार, छठलगायत पर्व पनि नजिकिँदै जाँदा बजार चलायमान बन्दैछ । मुख्य पर्यटकीय मौसम पनि सुरु भइसकेकाले विशेषगरी पर्यटन क्षेत्रमा चहलपहल बढ्दै छ । मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । उपत्यकाका डाँडा र उत्तरी क्षेत्रमा देखिने हिमशृङ्खलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ । यस्तो अवस्थामा अब पर्यटन क्षेत्र थप चलायमान बन्दै जाने व्यवसायीको विश्वास छ । मौसम खुलेसँगै उपत्यका आसपास र प्रमुख गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको होटल…
पुरा पढ्नुहाेस्
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । विहिबार आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा रहेको छ । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ५९…
पुरा पढ्नुहाेस्
मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव, पानी पर्ने सम्भावना कायमै

मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव, पानी पर्ने सम्भावना कायमै

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापिय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसकारण देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंकानुसार आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि शुक्रबार वर्षाको सम्भावना रहेको छ । “आज उल्लेखनीय वर्षाको सम्भावना छैन, भोलि शुक्रबार कोशी, गण्डकी, लुम्बिनी…
पुरा पढ्नुहाेस्