बर्दगोरियामा एक महिला मृत अबस्थामा फेला

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक महिला मृत अबस्थामा भेटिएकी छ्न ।

पालिकाको वडा नम्बर ३ स्थिति स्थानीय शङ्कर ओलीकि  २३ वर्षिय श्रीमती निर्मला ओली मृत अवस्थामा फेला परेकी हुन ।

उनी आफ्नै घरभित्र झुन्डिएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जनाएको छ ।

प्रहरीकाअनुसार ओली आइतबार बिहान घरभित्र झुन्डिएको अबस्थामा भेटिएकी हुन । उनको श्रीमान विगत १५ महिनादेखि रोजगारीको शिलसिलामा छिमेकी देश भारतमा रहेका छन ।

उनको घरमा सासू बुहारी र ओलीकी डेढ वर्षकी छोरी बस्दै आएका थिए । ओलीको मृत्यु बारे प्रहरीले थप अनुसन्धान प्रहरीले जनाएको छ ।
घटनाबारे थप जानकारी बाकी रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार