फेसबुक, इन्स्टाग्राम लगाए सामाजिक सञ्जाल समस्या

काठमाडौं । फेसबुक र इन्स्टाग्राम ‘डाउन’ भएको छ।

नेपाली समयअनुसार मंगलबार बेलुकी करिब ९ बजेदेखि सामाजिक सञ्जाल धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेको हो।

नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको गुनासा आएका छन्।

प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन नहुने समस्या देखिएको छ।

केही देशमा गुगल प्ले स्टोर पनि नचलेको भन्दै प्रयोगकर्ताहरूले ट्विटरमा लेखेका छन्।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार