श्री महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाको तेस्रो चुनावी सभा: अध्यक्षमा दुर्योधन स्वर्णकार

चुहा, । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० चुहामा रहेको श्री महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा तथा तेस्रो चुनावी सभा सम्पन्न भएको छ ।

शनिबार विद्युतका अध्यक्ष नेत्र बहादुर देउवाको अध्यक्षतामा भएको उक्त १६ औं साधारणसभा तथा तेस्रो चुनावी साधारणसभाको प्रमुख अतिथि वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष हर्क बहादुर कठरियाले सहकारीलाई आवश्यक पर्ने सम्पुर्ण वडा कार्यालयले गर्न सक्ने सहयोग सधै रहने बताए । वडा कार्यालयले विगतका दिनमा पनि सहकारीलाई चाहिने सहयोग गर्दै आएको थियो ।

सोही क्रममा उनले जोडे हरेको सेवा ग्राहीको प्रमुख ध्यान संघसंस्थाको आर्थिक क्रियाकलाप रहने हुँदा आर्थिक कार्यमा सम्पुर्ण संघसंस्था चुस्त दुरुस्त हुनु पर्ने हुन्छ । त्यसकारण कुनैपनी संघसंस्थाले सके अर्धवार्षिक नभए वार्षिक साधारणसभा चाहिँ अनिवार्य रुपमा गर्नु पर्छ । कतिपय संघ संस्थाहरु आर्थिक क्रियाकलाप चुस्त दुरुस्त नहुदा आफै धरासयमा पुग्ने गरेका छन ।

त्यसकारण यो संस्थाले जसरी आफ्नो कार्यलाई चुस्त दुरुस्त राख्ने गरेको छ । त्यसरी नै आगामी दिनमा पनि आफ्नो आर्थिक प्रगती विवरण चुस्त दुरुस्त राख्न अनुरोध गरे ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि विद्युतको संस्थाक अध्यक्ष कृष्ण काफ्ले रहेका थिए । कार्यक्रम वडाका जनप्रतिनिधि (वडा सदस्यहरु), विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पार्टीका प्रतिनिधिहरुको लगाए उपभोक्ताहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा ग्रामीण विद्युत सहकारी संस्थाका संस्थापक अध्यक्ष कृष्ण काफ्ले, मनकामना ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष कमल बहादुर खड्का, नेकपा एमालेका पार्टी प्रतिनिधि टेक बहादुर खडकाले आआफ्नो मन्तव्य राखेका थिए।

लेखा संयोजन जनक बहादुर विष्टले आर्थिक वर्ष २०७५/०७६ को २० लाख, ३८ हजार ८ सय ३१ रुपैयाँ ५० पैसा, २०७६/०७७ को ३० लाख, ०६ हजार ३ सय ३० रुपैयाँ ५९ पैसा, २०७७/०७८ ३० लाख, ५५ हजार ७ सय ८५ रुपैयाँ १२ पैसा, २०७८/०७९ ३४ लाख, ४८ हजार २५ रुपैयाँ ८० पैसा, र २०७९/०८० को ३९ लाख, ३४ हजार ३ सय ५६ रुपैयाँ ९६ पैसा, बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।

यस्तै उक्त तेस्रो चुनावी साधारणसभाबाट अध्यक्षतामा दुर्योधन स्वर्णकार लाई सर्वसम्मत रुपमा चयन गरिएको छ । उपाध्यक्षमा बैजनाथ चौधरी, सचीवमा भरत बहादुर बिष्ट, कोषाध्यक्ष फुलकुमारी चौधरी सर्वसम्मत रुपमा चयन गरिएको हो । यस्तै सदस्य सीता देवी चौधरी, तिलक राम चौधरी, विमल खडका, जानकी चौधरी, मञ्जु बम पनि सर्वसम्मत रुपमा चयन गरिएको निर्वाचन कमिटीका संयोजन भद्र बिष्टले जानकारी दिएका छन ।

यस्तै आजनै उक्त साधारणसभाबाट जनक बिष्टको संयोजनमा ३ सदस्यीय लेखा समिती समेत चयन गरेको छ । जसको सदस्यमा जनक रावल र प्रेम सागर चौधरी रहेका छन ।

सोही साधारणसभा बाट नेत्र बहादुर देउवाको संयोजनमा रहने गरि ५ सदस्यीय कमिटी समेत गठन गरिएको छ । जस्को सदस्यमा लाल बहादुर भण्डारी, भानुभक्त पाध्याय, विनिता देवी चौधरी, कृष्ण प्रसाद काफ्ले र लोक बहादुर देउवा रहेका छन ।

ग्रामीण विद्युतका उपाध्यक्ष बैजनाथ चौधरीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको संचालन संस्थाका प्रबन्धक बिरेन्द्र बिष्टले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार