सत्ता गठबन्धनको भागबन्डा आजै नटुङ्गिने

काठमाडौं । नयाँ समीकरण सँगै बनेको सत्ता गठबन्धनको भागबन्डा आजै नटुङ्गिने देखिएको छ । सरकार बाहिर रहेका अन्य दललाई पनि समेट्नुपर्ने भएकाले आजै भागबन्डा टुङ्गिने सम्भावना नरहेको बताइएको छ ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टीको औपचारिक बैठक बसिरहेको भएपनि भागबण्डा आजै टुङ्गिने सम्भावना नरहेको गठबन्धन दलका नेताको भनाइ छ । माओवादी महासचिव देव गुरुङले भने, ‘छलफल चलिरहेको छ । आज सबै कुरा निर्णय नहुन पनि सक्छ ।’

यस्तै एमाले उपाध्यक्ष ईश्वर पोखरेलले पनि आज सबै भागबन्डा टुङ्गिने सम्भावना नरहेको बताए । उनले भने, ‘साथीहरू लाग्नु भएको छ । आज सबै निर्णय आउला भन्ने छैन । सबै छलफल गर्नुपर्‍यो नि ।’

जसपा प्रवक्ता मनिस सुमनका अनुसार प्रदेश र केन्द्रमा पनि शक्तिको बाँडफाँट गर्नुपर्ने भएकाले समय लाग्ने बताइएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार