बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ सन्तोषि टोलमा रहेको श्री बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बिहीवार संस्थाका अध्यक्ष उमाशङ्कर अवस्थीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर रहनुभएको थियो भने विशिस्ट अथितिमा पालिका उपाध्यक्ष गणेश राज गिरि(लालदीप) रहनुभएको थियो ।
साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवरले पालिकाभित्र रहेका सबै सहकारी संस्थाको वृद्धि विकासका लागि आफुले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पालिका अध्यक्ष कुवरले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताए । उनले सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताउदै सहकारीले स्थानीय स्तरमा आर्थिक उन्नति र रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण सहयोग गरेको बताए ।
कार्यक्रमका विशिस्ट अतिथि पालिका उपाध्यक्ष गणेश राज गिरिले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको बताए । पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुऱ्याएको बताउदै उनले स्थानीय स्तरमा आफुले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए
कार्यक्रमका वक्ताहरुले संस्थाको आर्थिक वृद्धि र सेयर सङ्ख्या वृद्धि र कार्यक्षेत्र बिस्तार गरि पुजि बढाउनतर्फ लाग्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा बेस नेपाल संस्थाकी अध्यक्ष बालकुमारी सुनारने सहकारी संस्थाहरुले महिला दिदिबहिनीहरुको जिविको पार्जनका क्षेत्रमा समेत लगानी गरि उनीहरुलाई आर्थिक हिसाबले शसक्त पार्ने बाटोमा समेत ध्यान दिन आवश्यक रहेको बताइन ।
कार्यक्रममा समग्र बर्दगोरिया गाउँपालिकाको विकास र समृद्धिमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै सहकारी संस्थाकाले पालिका अध्यक्ष कर्ण बहादुर कुवर र उपाध्यक्ष गणेश राज गिरिलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष ध्वज बहादुर सुनारले प्रबन्धक बाबुराम पाण्डेलाई आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण पेस गरेका थिए भने व्यवस्थापक बाबुराम पाण्डेले आयव्यय प्रस्तुत गरेका थिए ।
यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष उमाशङ्कर अवस्थिले आर्थिक वर्ष २०८१/२०८२ को लागि कुल ६० लाख १३ हजार बराबरको अनुमानित आयव्यअ सार्वजनिक गरेका थिए ।
कार्यक्रममा संस्थाबाट ऋण लागि नियमित किस्ता तिर्ने जोगिलाल कठरियासहित नियमित बचत गर्ने सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।