माओवादीबाट कोको बने मन्त्री ?

काठमाडौं । नयाँ सत्ता साझेदारी सँगै नेकपा (माओवादी केन्द्र)ले पाँच मन्त्रीको नाम टुंग्याएको छ । यसअघि विनाविभागीय मन्त्रीको शपथ खाइसकेका हितबहादुर तामाङसँगै उपमहासचिव वर्षमान पुन यसअघिको मन्त्रिपरिषद्मा सहभागी नभएका हुन् ।

त्यसबाहेकका तीनजना भने अघिल्लो मन्त्रिपरिषद्मा रहेकाहरू नै मन्त्रीमा सिफारिस भएका छन् । नयाँ सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउनेगरी यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको छ ।

यस्तै ,यसअघि ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधिमन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेकी रेखा शर्मा पनि पुनः मन्त्रीमा सिफारिस भएकी छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार