ब्रेकिङ न्युज

Featured posts

राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनल गर्ने काम पुनः सुरू गर्दै

राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनल गर्ने काम पुनः सुरू गर्दै

काठमाडौँ । राष्ट्रिय भूमि आयोगले लगत संकलनल गर्ने काम पुनः सुरू गर्ने भएको छ । आयोगले विभिन्न स्थानीय तहमा लगत संकलन सम्बन्धी काम फेरि सुरू गर्ने भएको हो । चुनावको आचारसंहिताका कारण लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यमा रोक लगाएको थियो । निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागु नरहेको बताएको पछि राष्ट्रिय भूमि आयोगले लगत संकलनल गर्ने काम पुनः सुरू गर्ने भएको हो । आयोगले स्थानीय तहमा पुनः काम सुरू गरिएको जनाएको छ। आयोगले मंसिर २८ गतेदेखि पुनः काम सुरू गरिने जानकारी दिएको छ।
पुरा पढ्नुहाेस्
जाजरकोट जीप दुर्घटना अपडेट : १२ जनाको मृत्यु

जाजरकोट जीप दुर्घटना अपडेट : १२ जनाको मृत्यु

सुर्खेत । सोमबार राति जाजरकोटको छेडागाड नगरपालिकामा भएको बोलेरो जिप दुर्घटना बाट १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा एकै वडाका आठ जना रहेको प्रहरीले जनाएको छ । जस अनुसार मृत्यु हुनेमा जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारी रहेका छन । यस्तै चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्काको पनि मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको…
पुरा पढ्नुहाेस्
पत्रकारको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा योजन लागु देखि न्यूनतम पारिश्रमिक बढाउन प्रेस सेन्टरको माग

पत्रकारको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा योजन लागु देखि न्यूनतम पारिश्रमिक बढाउन प्रेस सेन्टरको माग

काठमाडौं । प्रेस सेन्टर नेपालको सोमबार ललितपुर स्थित हिरिसिद्धीमा सम्पन्न पूर्ण पदाधिकारी बैठकले १४ बुदेँ हरिसिद्धी घोषणापत्र जारी गरेको छ । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालले सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्नेदेखि न्यूनतम पारिश्रमिक बढाउन सम्बन्धित निकायसँग माग गर्दै १४ बुदेँ हरिसिद्धी घोषणापत्र जारी गरेको हो । सरकारले आम कर्मचारीको तलब वृद्धि गरेको तथा मुद्रास्फितिसमेत निरन्तर बढिरहेको अवस्थामा वर्षौं अघि न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको न्यूनतम पारिश्रमिक असान्दर्भिक भइसकेकोले पारिश्रमिकमा वृद्धि गर्न सेन्टरले माग गरेको हो । सेन्टरले पत्रकारको स्वास्थ्य बीमा र सबैखाले सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आम पत्रकारको पहुँचसम्म…
पुरा पढ्नुहाेस्
बौनिया जेसिजद्वरा निशुल्क दन्त शिबिर सम्पन्न

बौनिया जेसिजद्वरा निशुल्क दन्त शिबिर सम्पन्न

बौनिया । बौनिया जेसिजले एक दिने निशुल्क दन्त शिबिर सम्पन्न गरेको छ । बिहीवार बाट सुरु भएको जेसिज सप्ताह कार्यक्रम अन्तरगत सोमबार निशुल्क दन्त शिबिर सम्पन्न गरेको हो । मालिका दन्त सेवा प्रालिको प्राविधिक सहयोगमा शिबिर वसन्त मुरारी नमुना मा वि मा भएको हो । शिबिरबाट कक्षा १ देखि १० सम्मका करिव ७८० जनाले सेवा लिएका छन । दन्त शिबिरमा दात हेर्दा सबैको राम्रै देखिएको मालिका दन्त सेवा प्रालिका संचालक तथा सिडिएस केशव शाहिले बताए । बौनिया जेसिजले दन्त शिबिर गरेर राम्रो काम गरेको बिधालयका शिक्षक गणेश प्रसाद दाहलले बताए । हामिले खानेकुरामा ध्यान नदिदा मुख र दात सम्बन्धि जटिल…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको अन्तरर्किया कार्यक्रम सम्पन्न

बर्दगोरिया-६ मा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको अन्तरर्किया कार्यक्रम सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका विभिन्न वडामा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको अन्तरर्किया कार्यक्रम गरिरहेका छ्न। शनिबार बर्दगोरिया वडा नम्बर ६ पृथ्वीपुरमा पनि गाउँपालिकाको आयोजना अन्तरक्रिया कार्यक्रम २०७९ मङ्सिर ९ गते देखी मङ्सिर २४ गते सम्म आज सम्पन्न भएको छ । यस वर्ष “सभ्य समाजको पहिचान ,लैङ्गिक हिंसा विरुद्धको अभियान”भन्ने नारा दिएर १६ दिने अभियान मनाउन थालिएको हो ।संसारभर २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म यो अभियान मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न संघसंस्थाले यो अभियान मनाउँदै आएका छन्। बर्दगोरिया गाउँ पालिका वडा नम्बर ६का वडा अध्यक्ष रामकृष्ण डगौराको अध्यक्षतामा,अतिथिमा वडा नं.२का वडा अध्यक्ष गोबिन्द बि.क तथा बर्दगोरिया गाउँ पालिकाका महिला समितिका…
पुरा पढ्नुहाेस्
बौनिया जेसीजको सप्ताह कार्यक्रम सुरु

बौनिया जेसीजको सप्ताह कार्यक्रम सुरु

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जेसीज सप्ताह सुरु भएको छ। बौनिया जेसीजको आयोजनामा बिहिवारदेखि सप्ताह सुरु भएको हो । सप्ताहको एक कार्यक्रमका बिच बौनिया जेसीजका संस्थापक अध्यक्ष लिला जङ्ग शाहीले उद्घाटन गरेका छ्न । बौनिया जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी कृष्ण प्रसाद ओझाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै संस्थापक अध्यक्ष शाहीले अब यूवाहरुले आफ्नो नेतृत्व र ब्यक्तित्व विकाससँगै समाज परिवर्तनका लागि सकारात्मक कार्य गर्नुपर्ने बताए ।उनले दिनप्रतिदिन बढ्दो लागु औषध दुर्व्यसनीमा फसेका यूवाहरुलाई सकारात्मक कार्य गर्न चेतनामूलक कार्यक्रम गर्नुपर्नेमाजोड दिए । उनले यसअघि नेतृत्वले गरेका काम र गतिविधिलाई निरन्तरता दिदै पूरा गर्न नसकेको विकासका…
पुरा पढ्नुहाेस्
जाँचपास विना सवारी साधन चलाए; १ लाख जरिवाना

जाँचपास विना सवारी साधन चलाए; १ लाख जरिवाना

काठमाडौं । जाँचपास विनाका सवारीका साधन चलाएमा एक लाख जरिवाना गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालय अन्र्तगतको वातावरण विभागले आज सुचना जारी गर्दै आगामी पुस १ गतेपछि विभागको परिक्षणमा प्रदुषण जाँचपास हुन नसक्ने सवारी साधनलाई एक लाख जरिवाना गर्ने चेतावनी दिएको हो । विभागले हाल काठमाडौं उपत्यकाभित्र सञ्चालित सवारी साधनहरुमा छड्के जाँच गरिरहेको छ । छड्के जाँचका क्रममा अधिकांश सवारी साधनले प्रदुषण जाँचपास नगरेको पाइएपछि विभागले सुचना जारी गर्दै पुस १ गतेबाट जरिवाना गर्ने तयारी गरेको हो । विभागले हरियो स्टिकर जारी भएको अवधि बाँकी रहेको अवस्थाका सवारी साधनमा पनि जुनसुकै बेला छड्के जाँच गर्ने र कारवार्ही गर्ने…
पुरा पढ्नुहाेस्
कैलालीमा भुमि समस्या सम्बन्धी जनसभा कार्यक्रम

कैलालीमा भुमि समस्या सम्बन्धी जनसभा कार्यक्रम

मसुरिया । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल कैलालीको आयोजनामा गौरीगंगा नगरपालिकामा भुमि समस्या सम्बन्धी जनसभा कार्यक्रम सम्पन्न भएको छ । पार्टीका कैलाली सचिब दल बहादुर ओखेडाले संचालन गरेको जनसभालाई वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा सुदुरपश्चिम संयोजक श्याम कुंवर ( सर्वजित) पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा उत्पादन बिभाग प्रमुख मदन प्रभात, राष्ट्रीय भुमि अधिकार मञ्च गौरीगंगा नगर संयोजक नारायण तथा सुकुम्वासी समस्या बिरुद्धका अभियान्ता नन्दलाल बि.क लगायतले सम्बोधन गरेका थिए । सुकुम्वासी समस्याको दिर्घकालिन समाधान बारे धारणाहरु राख्दै वक्ताहरुले १५ बर्ष सम्म भुमिहिन सुकुम्बासीहरुलाई आश्वासन दिएर संसदवादी राजनीतिक दलहरुले भोट बैकंको रुपमा उपयोग गरेर बनायर धोका दिएको आक्रोश…
पुरा पढ्नुहाेस्
कैलालीको जोशीपुरमा हँसिया प्रहार: एक जनाको मृत्यु, एक घाइते

कैलालीको जोशीपुरमा हँसिया प्रहार: एक जनाको मृत्यु, एक घाइते

कैलाली । कैलालीको जोशीपुर गाउँपालिकामा हँसिया प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाको हँसिया प्रहारबाट मृत्यु भएको हो । यस्तै अर्का एक जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा अर्का साला ४० बर्षीय जयराज भण्डारी रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि कोहरलपुर रिफर गरिएको छ। मंगलबार राति करिब ९ बजे भएको घटना पछि आरोपित ढुङगाना फरार छन। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
पुरा पढ्नुहाेस्
डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

कैलाली । डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन्। मंगलबार जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ बटाला गाउँमा चितुवाले आक्रमण बाट पाँच जना घाइते भएका हुन । घाइते हुनेमा ४५ वर्षीया देवी बटाला, उनका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लालि गिरी र १० वर्षीया हसिना गिरी रहेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चार वर्षीया बालक सिद्ध बटाला घरको आगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो। स्थानीयले होहल्ला गर्दै भगाए। तर जंगलबाट घर फर्किरहेकाहरुलाई चितुवाले फेरि आक्रमण गरेको हो। उनीहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको  छ । उनीहरु सबैको…
पुरा पढ्नुहाेस्