नवदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गड्तोला
लम्की कैलाली । कैलालीको लम्कीमा रहेको नवदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । डिल्ली गड्तोलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यकार्यसमिति निर्विरोध चयन गर्दै संस्थाको २१ औ बार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यसमिति उपाध्यक्षमा पुष्पा कुमारी शर्मा,सचिवमा गोरख बहादुर बटाला,कोषाध्यक्षमा देबकी कार्की,सदस्यमा लक्ष्मी प्रसाद न्यौपाने,मोति प्रसाद उपाध्याय,लक्ष्मण प्रसाल रेग्मी,कृष्ण प्रसाद न्यौपाने,श्रीकृष्ण चौधरी,देबिधरा उपाध्याय र सरस्वती खत्री निर्विरोध चयन भएका छन । सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद गड्तोलाको अध्यक्षताका आयोजित साधारण सभाका प्रमुख अथिति लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही रहेकी थिइन । बिशिष्ट अथितिमा लम्कीचुहा नगरपालिकाकी नगर उपप्रमुख जुना चौधरी…
















