डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

कैलाली । डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन्।
मंगलबार जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ बटाला गाउँमा चितुवाले आक्रमण बाट पाँच जना घाइते भएका हुन ।

घाइते हुनेमा ४५ वर्षीया देवी बटाला, उनका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लालि गिरी र १० वर्षीया हसिना गिरी रहेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चार वर्षीया बालक सिद्ध बटाला घरको आगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो। स्थानीयले होहल्ला गर्दै भगाए। तर जंगलबाट घर फर्किरहेकाहरुलाई चितुवाले फेरि आक्रमण गरेको हो। उनीहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको  छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य हरेको छ। चितुवाले शारदा देवी बटालाको एक बाख्रालाई समेत आक्रमण गरेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार