ब्रेकिङ न्युज

Featured posts

बर्दगोरिया गा.पा. उपाध्यक्ष गिरिले गरे पालिकामा संचालित विभिन्न योजनाको अनुगमन (फोटो फिचर)

बर्दगोरिया गा.पा. उपाध्यक्ष गिरिले गरे पालिकामा संचालित विभिन्न योजनाको अनुगमन (फोटो फिचर)

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाका उपाध्यक्ष गणेश राज गिरिले पालिकामा संचालित बिकास निर्माण कार्यको अनुगमन गर्नु भएको छ । आईतवार उपाध्यक्ष गिरिले नव निर्मित १५ शैया दोदोधरा अस्पताल , प्रशासनिक भवन , रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्माण भइ रहेका महुन्याल मा वि बास्कोटिको ४ कोठे पक्की भवर र श्री मा बि सुन्दरपुरको पक्की भवन, झगडापुर देखि रानिकुण्डा हुँदै खैरेनी सम्म निर्माण भइ रहेको पानी पिच बाटो,वडा नम्बर २ को बर्दगोरिया धार्मिक क्षेत्रमा निर्माण भइ रहेको २ कोठे आवास सहित पथरैया नदिमा तटबन्ध, वडा नम्बर २ को निर्माणाधीन भवन,आधारभुत स्वास्थ्य ईकाई लगायतका बिकास निर्माणहरुको अनुगमन गर्नु भएको हो । दिगो बिकास…
पुरा पढ्नुहाेस्

(माओवादी केन्द्र)को गाउँपालिका स्तरीय प्रशिक्षणात्मक कार्यक्रम बर्दियाको गेरुवामा आज देखि शुरु

बर्दिया । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) ले बर्दिया सहित देशभर पार्टीमा वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । पार्टीको केन्द्रीय योजना अनुसार शुरु भएको प्रशिक्षणको कार्यक्रम अहिले बर्दिया जिल्लामा पनि तिब्र गतिमा बढिरहेको देखिन्छ । जस अनुसार आज बर्दिया जिल्लाको गेरूवा गाउँपालिकामा पार्टी कमिटीको २ दिने स्कुलिङ कार्यक्रम शुरु भएको हो । उक्त पार्टीको वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षणात्मक स्कुलिङ कार्यक्रम भोलि सम्पन्न हुने पार्टीका केन्द्रिय वैकल्पिक सदस्य लोकराज जैशीले जानकारी दिए । जैशीका अनुसार यस अघि बर्दियाका मधुबन, राजापुर, बाँसगढी, बढैयाताल पार्टी कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ भने आज देखि गेरुवा गाउँ कमिटीको…
पुरा पढ्नुहाेस्
सरकारले पार्‍यो भ्रष्ट्राचारीचारलाई कारबाही अभियान तीब्र; बर्दियाको भुरिगाउँमा (माओवादी केन्द्र) द्वारा समर्थनमा र्याली

सरकारले पार्‍यो भ्रष्ट्राचारीचारलाई कारबाही अभियान तीब्र; बर्दियाको भुरिगाउँमा (माओवादी केन्द्र) द्वारा समर्थनमा र्याली

बर्दिया । नेकपा (माओवादी केन्द्र) ले सरकारको भ्रष्ट्राचारी राष्ट्रघाती अपराधीहरुलाई भटाभट कार्वाही गरेपछि त्यसको समर्थनमा राजधानी काठमाण्डौं लगाएत देशभर समर्थन र एक्यवद्धतामा र्याली सहित प्रदर्शनका कार्यक्रमहरु गरेको छ । आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सरकारमा नेतृत्व गर्दा राज्यकोष दुरुपयोग गर्ने, मानव बेचबिखन गर्ने र संस्थागत भ्रष्ट्राचारको सुत्रपात गर्नेहरुमाथि कार्वाही गरेपछि त्यस्को समर्थनमा र्याली निकालेका हुन । प्रचण्ड नेतृत्वको सरकारले पछिल्लो समय मानव वेचबिखन (नक्कली भुटानी शरणर्थी बनाइ ठूलो रकममा विदेश पठाउने काम) लगाएत राज्य कोषको चरम दुरुपयोग बारेका फाईलहरु खोल्दै कानुनी कार्वाही बढाएको छ । सरकारले पूर्व गृहमन्त्री समेत रहेका सत्ताँरुढ दल नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडलाई समेत पक्राउ गरेको…
पुरा पढ्नुहाेस्
बर्दियामा नेकपा (माओवादी केन्द्र)को वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षण कार्यक्रम तिब्र गति अघिबढ्दै

बर्दियामा नेकपा (माओवादी केन्द्र)को वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षण कार्यक्रम तिब्र गति अघिबढ्दै

बर्दिया । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) ले बर्दिया सहित देशभर पार्टीमा वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । पार्टीको केन्द्रीय योजना अनुसार शुरु भएको प्रशिक्षणको कार्यक्रम अहिले बर्दियामा तिब्र गतिमा बढिरहेको देखिन्छ । बर्दियाका मधुबन, राजापुर, बाँसगढी, बढैयाताल पार्टी कमिटीको प्रशिक्षण सकिएको छ भने गुलरिया, गेरुवा कमिटीको प्रशिक्षणको समेत तयारी भैरहेको बुझिएको छ । त्यस्तै माओवादी केन्द्रको ठाकुरबाबा नगर पार्टीको आयोजनामा दुई दिने प्रशिक्षण कार्यक्रम आजबाट शुरु भएको छ । उक्त कार्यक्रम ठाकुरबाबा–२ कर्मला स्थित जनजाती संग्राहलयमा आजबाट शुरु भएको हो । माओवादी केन्द्रको स्कुलिङ्ग विभागको केन्द्रीय योजना अन्तर्गत शुरु भएको प्रशिक्षण कार्यक्रम प्रदेश, जिल्ला र…
पुरा पढ्नुहाेस्

बर्दगोरियाका संस्थागत बिद्यालयको अनुगमन सम्पन्न ; अधिकान्स बिधालय मापदण्ड बिपरित संचालनमा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिकाका उपाध्यक्ष ,सामाजिक बिकास संयोजक सहितको टोलिले पालिका भित्र संचालित संस्थागत (निजि) बिधालयहरुको अनुगमन सकेका छन ।  बिद्यार्थी भर्ना अभियान चलिरहेको बेला शिक्षा शाखाले उपाध्यक्ष गणेश राज गिरि, सामाजिक बिकास संयोजक,  प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम र शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट सहितको टोलिले अनुगमन गरेका हुन । पालिकाले सामुदायिक (सरकारी) बिधालयमा कक्षा १ देखि १० सम्म निशुल्ल शिक्षा घोषणा गरेका बेला संस्थागत बिधालयको शैक्षिक र भौतिक स्थिति बारेमा जानकारी लिन पालिकाले अनुगमन थालेको उपाध्यक्ष गणेश राज गिरिले बताए । अनुगमनका क्रममा धेरै बिधालय शैक्षिक निर्देशिकाको मापदण्ड बिपरित संचालन भएको पाईएका उपाध्यक्ष…
पुरा पढ्नुहाेस्
जन्म दिनको अवसरमा खाघान्न सहयोग

जन्म दिनको अवसरमा खाघान्न सहयोग

बैशाख २९, कैलाली । राष्ट्रिय युवा संघ नेपाल लम्किचुहा नगर कमिटी अध्यक्ष नकुल बम ठकुरीले जन्म दिनको अवसरमा खाधान्न सहयाेग गरेका छन् । बमले लम्किचुहा नगरपालिका वडा नम्बर २ स्थित बघाैरा निवासी प्रकाश नेपालीको परिवारलाई आफ्नो जन्म दिनको अवसरमा नेपालीको निवासमै पुगेर करिब चार महिनालाई पुग्ने सहयाेग स्वरुप खाद्यान्न हस्तान्तरण गरेका हुन । बमका अनुसार जन्म दिनको नाममा गरिने फजुल खर्चका साटो सानाे भए पनि मानव सेवा गर्न पाउदा आफुलाई खुसि लागेको कुरा व्यत्त गरेका छन् । बम लम्किचुहा नगरपालिका क्षेत्रमा एक कुशल र नेतृत्वदायि क्षमता भएको युवाका रुपमा परिचित रहदै आयका छन् ।
पुरा पढ्नुहाेस्
अब व्यक्तिगत घटना दर्ता प्रमाणपत्र एक पटकलाई सच्याउन मिल्ने

अब व्यक्तिगत घटना दर्ता प्रमाणपत्र एक पटकलाई सच्याउन मिल्ने

काठमाडौ । सरकारले व्यक्तिगत घटना दर्ता प्रमाणपत्र एक पटकलाई सच्याउन मिल्ने कानुन बनाउने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा जन्म, नाम, थर वा अन्य विवरण एक पटक दर्ता भएपछि दर्ता भएको मितिले एक वर्षभित्र मात्रै सच्याउन सक्ने व्यवस्था छ । उक्त व्यवस्थालाई सरकारले परिवर्तन गरी जहिले सुकै सच्याउन सकिने गरी सम्बन्धित ऐन संशोधन गर्न लागेको हो । तर, जहिले संशोधन गर्न पाइने भए पनि एक पटक मात्रै संशोधन गर्न सकिनेछ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको ‘केही नेपाल ऐन संशोधन विधेयक २०८०’ मा यस्तो प्रस्ताव गरिएको हो ।
पुरा पढ्नुहाेस्
सुखड बजारका व्यापारीहरूले स्वः स्फूर्त रुपमा व्यापारिक टहराहरू हटाउँदै 

सुखड बजारका व्यापारीहरूले स्वः स्फूर्त रुपमा व्यापारिक टहराहरू हटाउँदै 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारका व्यापारीहरूले स्वः स्फूर्त रुपमा टहराहरू हटाउन थालेका छन् । सुखड–भजनी सडक खण्डको मुख्य बजार सुखड चोक देखी शान्तिनगर चोक सम्मको अतिक्रमित संरचना हटाउन नगरपालिकाले २१ दिने अल्टिमेटम सहितको सूचना जारी गरे पछि व्यापारीहरू समय अभावै स्वः स्फूर्त रुपमा टहरा हटाउन लागेका हुन । आफूहरूले उक्त सडक छेउछाउमा बनाएका खोका, छाप्रा, टहरा, संरचना लगायत सबै प्रकारका अतिक्रमित संरचना हटाउन लागी परेको व्यापारीहरूले बताएका छन् । आफूहरूले खोका, छाप्रा, टहरा हटाएर स्थानीय सरकारलाई सहयोग गरेको उनिहरुको भनाई रहेको छ । नगरपालिकाले अतिक्रमित संरचना हटाउन २१ दिने अल्टिमेटम सूचना जारी गरेको थियो । साथै आफैँले उक्त संरचनाहरु…
पुरा पढ्नुहाेस्
कैलालीको बर्दगोरियामा धानको बिउ वितरण कार्य शुरु

कैलालीको बर्दगोरियामा धानको बिउ वितरण कार्य शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बर्खे धानको बिउ वितरण कार्य शुरु भएको छ । बर्दगोरिया गाउँपालिका कृषि बिकास शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत आज देखि उक्त धानको विउ बितरण कार्य शुरु भएको हो । बर्खे खेती को समय नजिकए सङ्ग सोमबार आज देखि उक्त धानको बिउ वितरण कार्य शुरु गरेको बर्दगोरिया गाउँपालिका कृषि बिकास शाखा अधिकृत झंकर रावतले जानकारी दिए । उनका अनुसार उक्त धानको विउ ५० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण गरिदै छ । उक्त धानको विउ वितरण गर्दै बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले कृषक हरुलाई कुनै पनि कृषि जन्य वस्तुको कमि हुन नदिने बताए…
पुरा पढ्नुहाेस्
आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने

आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने

काठमाडौँ । आज साझ ६ संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ६ बजे सिंहदरबारमा बोलाइएको हो । आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने बताइएको छ ।  शनिबार विपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले ४८ घण्टाको समय राखेर परिषद्को बैठक बोलाएका हुन् । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एसोसिएसनले आन्दोलन गर्दै आइरहेको छ । यसअघि वैशाख ६ गते राखिएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसका सम्बन्धमा सर्वसम्मति हुन सकेको थिएन । मुख्यतः संवैधानिक परिषद्को पदेन सदस्य रहने विपक्षी दलका नेता…
पुरा पढ्नुहाेस्