सुखड बजारका व्यापारीहरूले स्वः स्फूर्त रुपमा व्यापारिक टहराहरू हटाउँदै 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारका व्यापारीहरूले स्वः स्फूर्त रुपमा टहराहरू हटाउन थालेका छन् ।

सुखड–भजनी सडक खण्डको मुख्य बजार सुखड चोक देखी शान्तिनगर चोक सम्मको अतिक्रमित संरचना हटाउन नगरपालिकाले २१ दिने अल्टिमेटम सहितको सूचना जारी गरे पछि व्यापारीहरू समय अभावै स्वः स्फूर्त रुपमा टहरा हटाउन लागेका हुन ।

आफूहरूले उक्त सडक छेउछाउमा बनाएका खोका, छाप्रा, टहरा, संरचना लगायत सबै प्रकारका अतिक्रमित संरचना हटाउन लागी परेको व्यापारीहरूले बताएका छन् ।

आफूहरूले खोका, छाप्रा, टहरा हटाएर स्थानीय सरकारलाई सहयोग गरेको उनिहरुको भनाई रहेको छ ।

नगरपालिकाले अतिक्रमित संरचना हटाउन २१ दिने अल्टिमेटम सूचना जारी गरेको थियो । साथै आफैँले उक्त संरचनाहरु नहटाएमा नगरले ती अतिक्रमण संरचना आफैँ हटाउने चेतावनी समेत दिएको थियो ।

उक्त सुचनालाई ख्याल गर्दै व्यापारीहरुले २१ दिन नपुग्दै स्वः स्फूर्त रुपमा टहराहरू हटाउन लागी परेका हुन। करिब २५० मिटर क्षेत्रमा रहेका खोका, छाप्रा, टहरा, संरचना लगायत सबै प्रकारका अतिक्रमित  हटाउन आग्रह गरीएको छ । करिब २५० मिटर क्षेत्रमा १६ मिटर चौडाइ हुने गरी नाली सहित सडक कालो पत्रे हुने बताईएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार