सरकारले पार्‍यो भ्रष्ट्राचारीचारलाई कारबाही अभियान तीब्र; बर्दियाको भुरिगाउँमा (माओवादी केन्द्र) द्वारा समर्थनमा र्याली

बर्दिया । नेकपा (माओवादी केन्द्र) ले सरकारको भ्रष्ट्राचारी राष्ट्रघाती अपराधीहरुलाई भटाभट कार्वाही गरेपछि त्यसको समर्थनमा राजधानी काठमाण्डौं लगाएत देशभर समर्थन र एक्यवद्धतामा र्याली सहित प्रदर्शनका कार्यक्रमहरु गरेको छ । आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सरकारमा नेतृत्व गर्दा राज्यकोष दुरुपयोग गर्ने, मानव बेचबिखन गर्ने र संस्थागत भ्रष्ट्राचारको सुत्रपात गर्नेहरुमाथि कार्वाही गरेपछि त्यस्को समर्थनमा र्याली निकालेका हुन ।

प्रचण्ड नेतृत्वको सरकारले पछिल्लो समय मानव वेचबिखन (नक्कली भुटानी शरणर्थी बनाइ ठूलो रकममा विदेश पठाउने काम) लगाएत राज्य कोषको चरम दुरुपयोग बारेका फाईलहरु खोल्दै कानुनी कार्वाही बढाएको छ । सरकारले पूर्व गृहमन्त्री समेत रहेका सत्ताँरुढ दल नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडलाई समेत पक्राउ गरेको छ भने एमाले सचिव टोपबहादुर रायमाझि कार्वाहीको डरले फरार बनेको अवस्था छ ।

सरकारले जनतामाथि कर र ऋणको भारी बोकाएर नेताहरुले गरिरहेको भ्रष्ट्राचारी राष्ट्रघाती अपराधलाई कानुनी कठघरामा ल्याउरै छाड्ने बताएको छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका छन ‘बरु सरकार ढलेपनि ढलोस तर भ्रष्ट्राचार विरुद्धको कदम रोकिन्न, यो पटक हामीले सरकारमा रहेर भ्रष्ट्राचारी राष्ट्रघाती अपराधीहरुलाई कार्वाही गर्ने काम गरेका छौं, यसमा आमजनसमुदायले हामीलाई जनयुद्धमा जस्तै साथ, सहयोग र समर्थन गनुृहुनेछ भन्ने विश्वास गरेका छौं ।’

सरकारले भ्रष्ट्राचारी राष्ट्रघाती अपराधीहरुलाई कार्वाही गरेको विषय स्वागत योग्य रहेको भन्दै आज बर्दियाको भुरिगाउँ बजारमा माओवादी केन्द्र ठाकुरबाबा नगर कमिटीले एक्यवद्धता तथा समर्थन र्याली निकालेको छ । ठाकुबाबा नगरपालिकाको वडा नम्बर एकको कार्यालाय अगाडी सडकबाट शुरु भएको उक्त र्याली बजारको मुख्य चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त र्यालीमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तिलकराम शर्मा हिमाल, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संसद कृष्णा कुश्मा थारु आस्था, वैकलिपक केन्द्रीय सदस्य लोकराज जैस िलोकेश, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा थारु कविर, लुम्बिनी प्रदेश सदस्यहरु लक्ष्मी शर्मा आकाश, दुर्गादेवी खत्री, बिष्णुबहादुर शाही, चित्र खनाल, ठाकुरबाबा नगर कमिटी अध्यक्ष नेत्र आचार्य लगाएतका पदाधिकारी र संगठनका सदस्य तथा नगरभित्रमा नेता, कार्यकर्ताहरु सहभागि रहेका थिए ।

कार्यक्रमा सहभागिहरुले ‘अघि बढ प्रचण्ड, जनता तिम्रो साथमा छ, प्रचण्ड सरकार हाईहाई, भ्रष्ट्राचारी बाईबाई’ लगाएतका नाराहरु लगाएका थिए । कार्यक्रममा पचास जनाभन्दा बढीको सहभागिहरुता रहेको थियो । कार्यक्रममा सहभागिहरुले प्रचण्ड सरकारलाई भ्रष्ट्राचारी राष्ट्रघाती अपराधीहरुलाई कार्वाही गर्न खुट्टा नकमाउन समेत सललाह दिएका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार