(माओवादी केन्द्र)को गाउँपालिका स्तरीय प्रशिक्षणात्मक कार्यक्रम बर्दियाको गेरुवामा आज देखि शुरु

बर्दिया । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) ले बर्दिया सहित देशभर पार्टीमा वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । पार्टीको केन्द्रीय योजना अनुसार शुरु भएको प्रशिक्षणको कार्यक्रम अहिले बर्दिया जिल्लामा पनि तिब्र गतिमा बढिरहेको देखिन्छ ।

जस अनुसार आज बर्दिया जिल्लाको गेरूवा गाउँपालिकामा पार्टी कमिटीको २ दिने स्कुलिङ कार्यक्रम शुरु भएको हो ।

उक्त पार्टीको वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षणात्मक स्कुलिङ कार्यक्रम भोलि सम्पन्न हुने पार्टीका केन्द्रिय वैकल्पिक सदस्य लोकराज जैशीले जानकारी दिए ।

जैशीका अनुसार यस अघि बर्दियाका मधुबन, राजापुर, बाँसगढी, बढैयाताल पार्टी कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ भने आज देखि गेरुवा गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम आजबाट शुरु भएको हो । यस्तै बर्दियाको गुलरिया नगर कमिटीको प्रशिक्षण कार्यक्रम भने बाकी रहेको छ ।

त्यस्तै माओवादी केन्द्रको ठाकुरबाबा नगर पार्टीको आयोजनामा दुई दिने प्रशिक्षण कार्यक्रम पनि यस अघि नै सम्पन्न भैसकेको छ ।

माओवादी केन्द्रको स्कुलिङ्ग विभागको केन्द्रीय योजना अन्तर्गत उक्त प्रशिक्षण कार्यक्रम प्रदेश, जिल्ला र स्थानीय कमिटीसम्म सञ्चालन भैरहेको छ ।

नगर स्तरिय प्रशिक्षण कार्यक्रमपछि माओवादी नेता, कार्यकर्ताहरु वडा र टोल कमिटीका साथै स्थानीय पार्टी सम्बद्ध मोर्चा, संगठनमा पार्टी सुढृणीकरण सहित सैद्धान्तिक वैचारिक प्रशिक्षणको अभियानमा अघि बढ्ने नेताहरुको भनाई रहेको छ ।

गेरूवाको कार्यक्रम (माओवादी केन्द्र) गेरूवा कमिटी अध्यक्ष दयाराम बैद्यको सभापतित्वमा शुरू भएको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व गृहमन्त्री तिलकराम शर्मा (हिमाल)को प्रमुख आतिथ्यता र पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लोकराज जैसी लोकेशको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा पार्टीको लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा थारू कविर, प्रदेश सदस्य विश्वराज थारू शिशिर बर्दिया प्रशिक्षण विभाग प्रमुख हरिहर थारू लगाएका नेताहरूको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा गेरूवाका विभिन्न वडाहरूबाट करिव पाच दर्जन अगुवा नेता कार्यकर्ताहरूको सहभागीता रहेको थियो ।

सहीद प्रतिष्ठान शान्तिबजारको हलमा भैरहेको कार्यक्रम भोलि समापन हुनेछ । भोलि बिहान दश बजेबाट कार्यक्रम शुरूहुने माओवादी केन्द्र गेरूवाले बताएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार