अब व्यक्तिगत घटना दर्ता प्रमाणपत्र एक पटकलाई सच्याउन मिल्ने

काठमाडौ । सरकारले व्यक्तिगत घटना दर्ता प्रमाणपत्र एक पटकलाई सच्याउन मिल्ने कानुन बनाउने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा जन्म, नाम, थर वा अन्य विवरण एक पटक दर्ता भएपछि दर्ता भएको मितिले एक वर्षभित्र मात्रै सच्याउन सक्ने व्यवस्था छ ।

उक्त व्यवस्थालाई सरकारले परिवर्तन गरी जहिले सुकै सच्याउन सकिने गरी सम्बन्धित ऐन संशोधन गर्न लागेको हो । तर, जहिले संशोधन गर्न पाइने भए पनि एक पटक मात्रै संशोधन गर्न सकिनेछ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको ‘केही नेपाल ऐन संशोधन विधेयक २०८०’ मा यस्तो प्रस्ताव गरिएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार