बर्दियामा नेकपा (माओवादी केन्द्र)को वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षण कार्यक्रम तिब्र गति अघिबढ्दै

बर्दिया । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) ले बर्दिया सहित देशभर पार्टीमा वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । पार्टीको केन्द्रीय योजना अनुसार शुरु भएको प्रशिक्षणको कार्यक्रम अहिले बर्दियामा तिब्र गतिमा बढिरहेको देखिन्छ ।

बर्दियाका मधुबन, राजापुर, बाँसगढी, बढैयाताल पार्टी कमिटीको प्रशिक्षण सकिएको छ भने गुलरिया, गेरुवा कमिटीको प्रशिक्षणको समेत तयारी भैरहेको बुझिएको छ । त्यस्तै माओवादी केन्द्रको ठाकुरबाबा नगर पार्टीको आयोजनामा दुई दिने प्रशिक्षण कार्यक्रम आजबाट शुरु भएको छ ।

उक्त कार्यक्रम ठाकुरबाबा–२ कर्मला स्थित जनजाती संग्राहलयमा आजबाट शुरु भएको हो । माओवादी केन्द्रको स्कुलिङ्ग विभागको केन्द्रीय योजना अन्तर्गत शुरु भएको प्रशिक्षण कार्यक्रम प्रदेश, जिल्ला र स्थानीय कमिटीसम्म सञ्चालन भैरहेको छ ।

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व प्रदेश मन्त्री (लुम्बिनी) तिलकराम शर्मा हिमालको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संसद कृष्णा कुश्मा थारु आस्था, पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लोकराज जैसी लोकेश र पार्टीको लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा थारु कविरको विशेष उपस्थिति रहेको थियो ।

पार्टीको ठाकुरबाबा नगर कमिटी अध्यक्ष नेत्रराज आचार्यको अध्यक्षतामा सञ्चालित भैरहेको उक्त कार्यक्रमको सञ्चालन नगर पार्टीका सह–सचिव सूर्य बहादुर खत्री सुमनले गरेका थिए ।

कार्यक्रममा पार्टीको लुम्बिनी प्रदेश, बर्दिया जिल्ला समन्वयन समिति, संघिय निर्वाचन समिति, प्रदेश निर्वाचन समिति, ठाकुरबाबा नगर समिति र पार्टी सम्बद्ध विभिन्न मोर्चा, संगठनका नेताहरुको समेत आतिथ्यता रहेको थियो ।

आजको प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तिलकराम शर्मा हिमालले दर्शनशास्त्र, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा थारुले राजनीतिशास्त्र र नेपाली राजनीतिक आन्दोलनको इतिहास, बर्दिया स्कुलिङ्ग विभाग प्रमुख हरिहर थारुले राजनीतिक अर्थशास्त्र लगाएतका विषयमा महत्वपूर्ण प्रशिक्षण दिएका थिए । कार्यक्रममा माओवादी केन्द्रको ठाकुरबाबा नगर पार्टी अन्तर्गतका विभिन्न ९ वडाका करिब एक सय जना सक्रिय नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

आजबाट शुरु भएको उक्त प्रशिक्षण कार्यक्रममा भोलि (शनिबार) माओवादी केन्द्रका केन्द्रीय सदस्य तिलकराम शर्मा हिमालले दर्शनशास्त्र, माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य लोकराज जैसी लोकेशले विचारधारात्मक राजनीतिक कार्यदिशा र समाजवादी क्रान्तिमा सूचना प्रविधिको प्रयोग, नेता हरिहर थारुले राजनीतिक अर्थशास्त्र, चित्र खनाल सुवोधले पूर्विय दर्शन, अनेम संघ (क्रान्तिकारी) केन्द्रीय सदस्य दुर्गादेवी खत्रीले पार्टी र महिला आन्दोलन, नेता बिष्णु शाहीले जनयुद्धका अनुभवहरु लगाएतका विषयमा प्रशिक्षण दिने बुझिएको छ ।

त्यस्तै पार्टीको केन्द्रीय सदस्य कृष्णा कुश्मा थारु आस्था लगाएतका नेताहरुले बदलिएको राजनीतिक अवस्था र पार्टी आन्दोलनका विषय महत्वपूर्ण विचार राख्ने बुझिएको छ । कार्यक्रम भोलि (शनिबार) साँझ ५ बजे समापन हुने बुझिएको छ ।

नगर स्तरिय प्रशिक्षण कार्यक्रमपछि माओवादी नेता, कार्यकर्ताहरु वडा र टोल कमिटीका साथै स्थानीय पार्टी सम्बद्ध मोर्चा, संगठनमा पार्टी सुढृणीकरण सहित सैद्धान्तिक वैचारिक प्रशिक्षणको अभियानमा अघि बढ्ने नेताहरुको भनाई रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार