कैलालीको बर्दगोरियामा धानको बिउ वितरण कार्य शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बर्खे धानको बिउ वितरण कार्य शुरु भएको छ ।

बर्दगोरिया गाउँपालिका कृषि बिकास शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत आज देखि उक्त धानको विउ बितरण कार्य शुरु भएको हो ।

बर्खे खेती को समय नजिकए सङ्ग सोमबार आज देखि उक्त धानको बिउ वितरण कार्य शुरु गरेको बर्दगोरिया गाउँपालिका कृषि बिकास शाखा अधिकृत झंकर रावतले जानकारी दिए । उनका अनुसार उक्त धानको विउ ५० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण गरिदै छ ।

उक्त धानको विउ वितरण गर्दै बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले कृषक हरुलाई कुनै पनि कृषि जन्य वस्तुको कमि हुन नदिने बताए । उनले भने-अहिले गाउँपालिकाको प्रमुख लक्ष भनेको नै शिक्षा, स्वास्थ्य, कृषि रहेको हुँदा कृषि क्षेत्रमा आफुहरुले सकेजति सहुलियत तरिकाले कृषिहरुलाई कृषि जन्म वस्तु उपलब्ध गराउने बताए ।

उक्त धानको बिउ वितरण पालिकाको कृषि बिकास शाखा र बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको कृषि इकाई मार्फत वितरण गरिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार