बर्दगोरिया गा.पा. उपाध्यक्ष गिरिले गरे पालिकामा संचालित विभिन्न योजनाको अनुगमन (फोटो फिचर)

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाका उपाध्यक्ष गणेश राज गिरिले पालिकामा संचालित बिकास निर्माण कार्यको अनुगमन गर्नु भएको छ ।

आईतवार उपाध्यक्ष गिरिले नव निर्मित १५ शैया दोदोधरा अस्पताल , प्रशासनिक भवन , रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्माण भइ रहेका महुन्याल मा वि बास्कोटिको ४ कोठे पक्की भवर र श्री मा बि सुन्दरपुरको पक्की भवन, झगडापुर देखि रानिकुण्डा हुँदै खैरेनी सम्म निर्माण भइ रहेको पानी पिच बाटो,वडा नम्बर २ को बर्दगोरिया धार्मिक क्षेत्रमा निर्माण भइ रहेको २ कोठे आवास सहित पथरैया नदिमा तटबन्ध, वडा नम्बर २ को निर्माणाधीन भवन,आधारभुत स्वास्थ्य ईकाई लगायतका बिकास निर्माणहरुको अनुगमन गर्नु भएको हो ।

दिगो बिकास र समृद्धिको मार्ग द्रुत गतिमा अगाडि बढाउदै गएको पालिकले यतिबेला सडक मर्मत तथा सुधार सहित विभिन्न बिकास निर्माणको काम तिब्र रुपमा गरि रहेको छ ।

पालिका को लक्ष्य मुख्य सडकहरुलाई असार मसान्त सम्म पानी पिच गर्ने र अन्य स साना बाटोमा भएका खाल्डाखुल्डी पुर्ने रहेको छ । सोही अनुरुप बर्दगोरिया वडा नम्बर ५ रामपुर देखि भुरुवा हुदै जोशिपुर जोड्ने लामो सडकमा पानी पिच गरेर सकिएको छ भने वडा नम्बर २ को झगडपुर देखि खैरेनी सम्मको मुख्य सडकमा पानी पिचको काम भइ रहेको छ ।

अहिले संचालन भइ रहेको पानी पिचको काम कतै ढिला सुस्ती हुन्छकि भन्ने उद्देश्यले तिब्रता दिन आफू लगाएत पालिकाको टिम तिब्र रुपमा लागी रहेको उपाध्यक्ष गिरिले बताए ।

गाउपालिकाले आगामी ६ महिना भित्र पालिकाका सम्पुर्ण बाटाहरु पानी पिच गर्ने र असार मसान्तसम्म सडकमा भएका खाल्डाखुल्डी पुर्ने गरि काम थालेको छ ।

अनुगमन गर्दै पालिका उपाध्यक्ष गिरिले निर्माण भइ रहेका बिकास निर्माणका योजनाहरुलाई गुणस्तरीय र सम्झौता अगावै सक्न निर्माण कम्पनी र उपभोक्ता समितिलाई निर्देशन गरेका छन ।

अनुगमनका क्रममा उपाध्यक्ष गिरिले दोदोधरा अस्पताल ,आधारभुत स्वास्थ्य ईकाई निमुवाबोखी,वडा नम्बर २ को आधारभुत स्वास्थ्य केन्द्रमा सेवा लिन आएका स्थानीय संग कुरा गर्दै औषधि पाए नपाएको ,उपचार कस्तो भइ रहेको छ भन्ने बिषयमा समेत जानकारी लिएका छन ।

अनुगमनमा उपाध्यक्ष गणेश राज गिरि संगै वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क र वडा सदस्य अतवारी चौधरिको पनि सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार