जन्म दिनको अवसरमा खाघान्न सहयोग

बैशाख २९, कैलाली । राष्ट्रिय युवा संघ नेपाल लम्किचुहा नगर कमिटी अध्यक्ष नकुल बम ठकुरीले जन्म दिनको अवसरमा खाधान्न सहयाेग गरेका छन् ।

बमले लम्किचुहा नगरपालिका वडा नम्बर २ स्थित बघाैरा निवासी प्रकाश नेपालीको परिवारलाई आफ्नो जन्म दिनको अवसरमा नेपालीको निवासमै पुगेर करिब चार महिनालाई पुग्ने सहयाेग स्वरुप खाद्यान्न हस्तान्तरण गरेका हुन ।

बमका अनुसार जन्म दिनको नाममा गरिने फजुल खर्चका साटो सानाे भए पनि मानव सेवा गर्न पाउदा आफुलाई खुसि लागेको कुरा व्यत्त गरेका छन् ।

बम लम्किचुहा नगरपालिका क्षेत्रमा एक कुशल र नेतृत्वदायि क्षमता भएको युवाका रुपमा परिचित रहदै आयका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार