बर्दगोरियाका संस्थागत बिद्यालयको अनुगमन सम्पन्न ; अधिकान्स बिधालय मापदण्ड बिपरित संचालनमा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिकाका उपाध्यक्ष ,सामाजिक बिकास संयोजक सहितको टोलिले पालिका भित्र संचालित संस्थागत (निजि) बिधालयहरुको अनुगमन सकेका छन ।

 बिद्यार्थी भर्ना अभियान चलिरहेको बेला शिक्षा शाखाले उपाध्यक्ष गणेश राज गिरि, सामाजिक बिकास संयोजक,  प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम र शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट सहितको टोलिले अनुगमन गरेका हुन ।

पालिकाले सामुदायिक (सरकारी) बिधालयमा कक्षा १ देखि १० सम्म निशुल्ल शिक्षा घोषणा गरेका बेला संस्थागत बिधालयको शैक्षिक र भौतिक स्थिति बारेमा जानकारी लिन पालिकाले अनुगमन थालेको उपाध्यक्ष गणेश राज गिरिले बताए ।

अनुगमनका क्रममा धेरै बिधालय शैक्षिक निर्देशिकाको मापदण्ड बिपरित संचालन भएको पाईएका उपाध्यक्ष गिरिले बताए । बिधालयले अपनाउनु पर्ने भौतिक संरचना,बिधालय शैक्षिक सुधार, एकीकृत शैक्षिक कार्यक्रम ,खानेपानी र शौचालयको ब्यवस्थापनमा कमि पाईएको उपाध्यक्ष गिरिले बताए ।

पालिकामा संचालित संस्थागत बिधालय शिक्षा नियमावली तथा निर्देशिका बमोजिम संचालन भए (नभएको यथार्थ जानकारी लिन अनुगमन थालिएको शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले बताईन ।

शिक्षा शाखा प्रमुख भट्टका अनुसार पालिकामा संचालित २० संस्थागत (निजि) बिधालय मध्य ५र६ बिधालयको अवस्था सामान्य रहेपनी अन्य बिधालयको अवस्था नाजुक र मापदण्ड बिपरित पाईएको बताईन ।

अनुगमनका  क्रममा बिधालयमा स्थानिय पाठ्यक्रम लागू भए नभएको , शिक्षक तथा विद्यार्थीको संख्या , बिधालयको भौतिक स्थिती , खानेपानी ,शौचालय ,बिधालयको शैक्षिक सुधारको योजना ,विद्यार्थी भर्ना तथा माशिक शुल्कका बारेमा जानकारि लिईएको पालिकाका सामाजिक बिकास समिती संयोजक तथा प्रबक्ता मिथुन गौतमले बताए ।

सामाजिक बिकास समिती संयोजक गौतमले छलफल पस्चात पनि बिधालयले सरकारको नियम र शिक्षा निर्देशिका बमोजिम मापदण्ड नपुगाएर संचालन गरेमा प्रतिबेदन तयार गरि १ बर्ष भित्र कार्बाही सहित बिधालयलाई बन्द समेत गर्न सकिने बताए ।

अनुगमन टोलिले शुक्रबार वडा नम्बर २ मा संचालित माईकी मेडिएम स्कुल र आदर्श सामुदायिक बिधालयको अनुगमन गरे संगै पालिकामा संचालित २० संस्थागत बिधालयको अनुगमन सकिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार