ब्रेकिङ न्युज

Featured posts

राप्रपाले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दै

राप्रपाले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दैछ। नक्कली भुटानी शरणार्थी लगायतका प्रकरणमा ठूला ओहोदामा बसेकाहरू नै संलग्न देखिएको र भ्रष्टाचार न्यूनीकरणमा राज्य उदासीन भएको भन्दै प्रदर्शन गर्न लागेको राप्रपाले बताएको छ। उक्त विरोध प्रदर्शन दिउँसो १ बजे हनुमानढोका दरबार क्षेत्रमा आयोजना गरिएको बताइएको छ । पार्टीको केन्द्रीय कार्य समितिको निर्णय अनुरुप आफुहरुले ‘भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्न पागेको एक नेताले बताए हुन । उक्त विरोध प्रदर्शनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक जेठ १, २ र ३ गते बसेको थियो। बैठकले नक्कली शरणार्थी प्रकरणलाई राज्य द्रोहको अपराध भएको निष्कर्ष निकालेको थियो।
पुरा पढ्नुहाेस्
देशभरको मौसम आंशिक देखि सामान्य बदली

देशभरको मौसम आंशिक देखि सामान्य बदली

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू(भागमा चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।
पुरा पढ्नुहाेस्
नागरिक उन्मुक्ति पार्टीले निकाल्यो बर्दगोरियामा राँके जुलुश

नागरिक उन्मुक्ति पार्टीले निकाल्यो बर्दगोरियामा राँके जुलुश

३, जेष्ठ २०८० बर्दगोरिया । नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलनको तालिका अनुसार बुधबार बर्दगोरिया गाउपालिकामा राँके जुलुस सहित नारा लगाएको छ । रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेका कारण नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे सम्म नेपालबन्द सम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ‘यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुने कोणसभा लाई सम्बोधन गर्दै केन्द्रिय सदस्य जन्मदेव सन्ज्यालले बताए । जेठ ३, ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि…
पुरा पढ्नुहाेस्
नेपाल बन्दको चेतावनी सहित रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनको घोषणा

नेपाल बन्दको चेतावनी सहित रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । मंगलबार सर्वोच्च अदालतले उच्च अदालत दिपायलको फैसलालाई सदर गर्दै नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जन्म कैदको सजाय सुनाएको छ । कैलालीको टीकापुर घटनाका प्रतिवादी नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सर्वोच्च अदालतमा पेश गरेको निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले उच्च अदालत दिपायलको फैसलालाई सदर गर्दै जन्म कैदको सजाय सुनाएको हो । सर्वोच्च अदालतले उच्च अदालतको फैसलालाई सफाई दिए सङ्गै यता नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी सहितका आफ्ना नेतालाई रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएका छन । पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो…
पुरा पढ्नुहाेस्

टीकापुर घटनाका २ जना प्रतिवादीले पाए सर्वोच्च अदालतबाट सफाइ

काठमाडौँ । टीकापुर घटनाका २ जना प्रतिवादीले सफाइ पाएका छन । २०७२ सालमा कैलाली जिल्लाको टिकापुरमा भएको हत्याकाण्डका प्रतिवादीमध्येका दुई जनाले आज सर्वोच्च अदालत बाट सफाई पाएका हुन । सफाइ पाउनेमा सिताराम चौधरी र गंगाराम चौधरीले रहेका छन । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले दुई जनाले सफाइ पाउने फैसला गरेको हो । सर्वोच्चले  अन्य मुद्दा वा कारणबाट उनीहरुलाई थुनामा राख्न नपर्ने भए थुनामुक्त गर्न सम्बन्धित कारागार शाखा र कैलाली जिल्ला अदालतमा लेखिपठाउन आदेश दिएको छ । यस्तै यसअघि उच्च अदालतबाट पाँच वर्ष कैद सजाय भएका लक्ष्मण थारुको हकमा ३ वर्ष कैद हुने अदालतले ठहर…
पुरा पढ्नुहाेस्
प्रेस सेन्टर नेपाल कञ्चनपुरको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

प्रेस सेन्टर नेपाल कञ्चनपुरको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । प्रेस सेन्टर नेपाल कञ्चनपुरको बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल कञ्चनपुरको १३ औँ बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको हो ।  ‘सम्पूर्ण श्रमजिवी पत्रकारहरु एक हौँ, समाजवादको यात्रामा अघि बढौँ भन्ने मुल नाराका साथ महेन्द्रनगरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कञ्चनपुरको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक साधारण सभामा शुभकामना मन्तव्य दिने अथितिले पछिल्लो समयमा प्रेस जगतमाथि थुप्रै चुनौती थपिएको बताउँदै प्रविधिको उच्चतम विकास प्रयोग गर्दै बेथितिका बिरुद्धमा शसक्त कमल चलाउनुपर्नेमा जोडदिएका छन । कार्यक्रममा पत्रकार महासंघ कञ्चनपुरका सचिव समेत रहेका प्रेस सेन्टरका केन्द्रीय सचिव राजेन्द्र प्रशाद अवस्थीले…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गा.पा. उपाध्यक्ष गिरिले गरे पालिकामा संचालित विभिन्न योजनाको अनुगमन (फोटो फिचर)

बर्दगोरिया गा.पा. उपाध्यक्ष गिरिले गरे पालिकामा संचालित विभिन्न योजनाको अनुगमन (फोटो फिचर)

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाका उपाध्यक्ष गणेश राज गिरिले पालिकामा संचालित बिकास निर्माण कार्यको अनुगमन गर्नु भएको छ । आईतवार उपाध्यक्ष गिरिले नव निर्मित १५ शैया दोदोधरा अस्पताल , प्रशासनिक भवन , रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्माण भइ रहेका महुन्याल मा वि बास्कोटिको ४ कोठे पक्की भवर र श्री मा बि सुन्दरपुरको पक्की भवन, झगडापुर देखि रानिकुण्डा हुँदै खैरेनी सम्म निर्माण भइ रहेको पानी पिच बाटो,वडा नम्बर २ को बर्दगोरिया धार्मिक क्षेत्रमा निर्माण भइ रहेको २ कोठे आवास सहित पथरैया नदिमा तटबन्ध, वडा नम्बर २ को निर्माणाधीन भवन,आधारभुत स्वास्थ्य ईकाई लगायतका बिकास निर्माणहरुको अनुगमन गर्नु भएको हो । दिगो बिकास…
पुरा पढ्नुहाेस्

(माओवादी केन्द्र)को गाउँपालिका स्तरीय प्रशिक्षणात्मक कार्यक्रम बर्दियाको गेरुवामा आज देखि शुरु

बर्दिया । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) ले बर्दिया सहित देशभर पार्टीमा वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । पार्टीको केन्द्रीय योजना अनुसार शुरु भएको प्रशिक्षणको कार्यक्रम अहिले बर्दिया जिल्लामा पनि तिब्र गतिमा बढिरहेको देखिन्छ । जस अनुसार आज बर्दिया जिल्लाको गेरूवा गाउँपालिकामा पार्टी कमिटीको २ दिने स्कुलिङ कार्यक्रम शुरु भएको हो । उक्त पार्टीको वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षणात्मक स्कुलिङ कार्यक्रम भोलि सम्पन्न हुने पार्टीका केन्द्रिय वैकल्पिक सदस्य लोकराज जैशीले जानकारी दिए । जैशीका अनुसार यस अघि बर्दियाका मधुबन, राजापुर, बाँसगढी, बढैयाताल पार्टी कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ भने आज देखि गेरुवा गाउँ कमिटीको…
पुरा पढ्नुहाेस्
सरकारले पार्‍यो भ्रष्ट्राचारीचारलाई कारबाही अभियान तीब्र; बर्दियाको भुरिगाउँमा (माओवादी केन्द्र) द्वारा समर्थनमा र्याली

सरकारले पार्‍यो भ्रष्ट्राचारीचारलाई कारबाही अभियान तीब्र; बर्दियाको भुरिगाउँमा (माओवादी केन्द्र) द्वारा समर्थनमा र्याली

बर्दिया । नेकपा (माओवादी केन्द्र) ले सरकारको भ्रष्ट्राचारी राष्ट्रघाती अपराधीहरुलाई भटाभट कार्वाही गरेपछि त्यसको समर्थनमा राजधानी काठमाण्डौं लगाएत देशभर समर्थन र एक्यवद्धतामा र्याली सहित प्रदर्शनका कार्यक्रमहरु गरेको छ । आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सरकारमा नेतृत्व गर्दा राज्यकोष दुरुपयोग गर्ने, मानव बेचबिखन गर्ने र संस्थागत भ्रष्ट्राचारको सुत्रपात गर्नेहरुमाथि कार्वाही गरेपछि त्यस्को समर्थनमा र्याली निकालेका हुन । प्रचण्ड नेतृत्वको सरकारले पछिल्लो समय मानव वेचबिखन (नक्कली भुटानी शरणर्थी बनाइ ठूलो रकममा विदेश पठाउने काम) लगाएत राज्य कोषको चरम दुरुपयोग बारेका फाईलहरु खोल्दै कानुनी कार्वाही बढाएको छ । सरकारले पूर्व गृहमन्त्री समेत रहेका सत्ताँरुढ दल नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडलाई समेत पक्राउ गरेको…
पुरा पढ्नुहाेस्
बर्दियामा नेकपा (माओवादी केन्द्र)को वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षण कार्यक्रम तिब्र गति अघिबढ्दै

बर्दियामा नेकपा (माओवादी केन्द्र)को वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षण कार्यक्रम तिब्र गति अघिबढ्दै

बर्दिया । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) ले बर्दिया सहित देशभर पार्टीमा वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । पार्टीको केन्द्रीय योजना अनुसार शुरु भएको प्रशिक्षणको कार्यक्रम अहिले बर्दियामा तिब्र गतिमा बढिरहेको देखिन्छ । बर्दियाका मधुबन, राजापुर, बाँसगढी, बढैयाताल पार्टी कमिटीको प्रशिक्षण सकिएको छ भने गुलरिया, गेरुवा कमिटीको प्रशिक्षणको समेत तयारी भैरहेको बुझिएको छ । त्यस्तै माओवादी केन्द्रको ठाकुरबाबा नगर पार्टीको आयोजनामा दुई दिने प्रशिक्षण कार्यक्रम आजबाट शुरु भएको छ । उक्त कार्यक्रम ठाकुरबाबा–२ कर्मला स्थित जनजाती संग्राहलयमा आजबाट शुरु भएको हो । माओवादी केन्द्रको स्कुलिङ्ग विभागको केन्द्रीय योजना अन्तर्गत शुरु भएको प्रशिक्षण कार्यक्रम प्रदेश, जिल्ला र…
पुरा पढ्नुहाेस्