बर्दगोरिया-५ ठाकुरद्वारामा ठाकुरद्वारा शिव मन्दिरको उद्घाटन
बौनिया । सुदुरपश्चिम प्रदेश साङसद रामेश्वर चौधरीले बर्दगोरियाको समग्र विकास र समृद्धिका लागि आफू अहोरात्र खटिएको बताएका छ्न । विकास र समृद्धिको मार्गमा अगाडि बढेको बर्दगोरिया गाउँपालिकालाई नमूनाका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहेको बताए । सोमबार कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ ठाकुरद्वारामा प्रदेश सरकारको लगानीमा निर्माण भएको ठाकुरद्वारा शिव मन्दिरको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । मन्दिरको उद्घाटन गर्दै कैलाली निर्वाचन क्षेत्र २ बाट निर्वाचित साङ्सद चौधरीले कसैलाई काखापाखा नगरी समग्र क्षेत्रमा विकास र निर्माणको मार्गलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । कार्यक्रमको प्रमुख अथितिका रूपमा रहेका साङ्सद चौधरीले बर्दगोरियाको धार्मिक तथा सास्कृतिक, पर्यटन पुर्वाधार ,कृषि र…
















