सुदूरपश्चिममा आज आमहड्ताल, कलकारखाना तथा यातायात पुर्ण रुपमा ठप्प

कैलाली । कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आज (आइतवार ) सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका अनुसार आजसुदूरपश्चिम पूर्ण रुपमा बन्द रहने छ ।

यातायात व्यवसायीले, विद्यार्थी संगठनले पनि आमहडताललाई पूर्ण समर्थन गर्दै ऐक्यवद्धता जनाएका छन् ।

आज बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघसंस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने छन् ।

संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ६ सय श्ययामा सञ्चालन गर्न माग गर्दै कैलालीमा प्रशर्दन जारी छ ।

जेठ १५ गते संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने घोषणा गरेपछि हुदै आएको छ । गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालको माग गर्दै संघर्ष समितिको नेतृत्वमा विगत १० दिनदेखि आन्दोलन भइरहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार