बर्दगोरिया-६ मा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामाग्री वितरण
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ भित्रका करिब २० जना अपाङ्गता भएका ब्यक्तिलाई आईतवार सहयोग सामग्री वितरण गरिएको छ । जनजागरण अपाङ्ग सेवा समाज र वडा नम्बर ६ को समन्वय मा वडा नम्बर ६ भित्रका अपाङ्गता भएका ब्यक्तिको सहजताका लागि हृविलचियर, वाकर, सेतो छडी, फोल्डिङ्ग छडी लगायतका विभिन्न सामाग्री वितरण गरेको हो । वडा नम्बर ६ को आर्थिक सहयोगमा जनजागरण अपाङ्ग समाज बर्दगोरियाले उपलब्ध गराएको १ लाख मूल्य बराबरको सामाग्री पालिका अध्यक्ष कर्ण बहादुर कुँवर,उपाध्यक्ष गणेश राज गिरि र वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले हस्तान्तरण गरेका थिए । सहयोग सामग्री हस्तान्तरण गर्दै अध्यक्ष कुँवरले अपाङगता भएका ब्यक्तिलाई…
















