बर्दगोरिया ३ मा तीन महिने आधारभुत सिलाईकटाई तालिम सम्पन्न

 

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका ३ न वडा मा तीन महिने आधारभुत सिलाईकटाई तालिम आज सम्पन्न भएको छ ।

बर्दगोरिया गाउँपालिका ३ न वडाको आयोजना बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.लि को सहकार्यमा २०७९ चैत्र ५ देखि पालिकाको वडा नम्बर ३ मा उक्त तीन माहिने आधारभुत सिलाइ कटाई तालिमको सुरुवात भएको थियोे ।

समापन कार्यक्रम आज आइतबार रामजानकी समुदायिक भवन तथा क्लबको सचिवालयमा बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.लिका ब्यवस्थपक सागर चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती बर्दगोरिया वडा नम्बर ३ का वडा अध्यक्ष मनॠषि आचर्य रहेका थिए ।

यस्तै कार्यक्रमको अथितिमा बर्दगोरिया गाउँकार्यपालिका सदस्य भिम बि क न्यायिक समिती सदस्य ३ न वडा सदस्य राम बहादुर चौधरी ,कपिल गुरुङ ,भावना बि क रहेका थिए । उक्त तालिममा ६ वटै टोल बाट जम्मा २० जना प्रशिक्षार्थीहरुको सहभागि रहेको थियो । भने तालिमको प्रशिक्षण जोशिपुर गाउँपालिका वडा नम्बर ६ का आशोक रानाले गर्नु भएको थियो ।

समापन कार्यक्रमको उद्घाटन गर्दै वडा नम्बर ३ का अध्यक्ष आचर्यले यो ३ महिने सिलाइ कटाई तालिममा अनुशासित रूपमा सहभागी भइ सफलता पुर्वक तालीम हासिल गर्नु भएकोमा सहभागीहरुलाई धेरै धेरै बधाइ सहित धन्यवाद दिए । तीन महिनामा आफुले सिकेको सिप व्यवहारीक जिवनमा लागु गरी आफ्नो आर्थिक स्तर उन्नति गर्न समेत सहभागी हरुमा अनुरोध गरे । यस्तै आ व ०८०/८१ मा थप बजेत थपेर मेसिन सहित को तालिमको लागि पहल गर्ने पनि बताउनु भयो । कार्यक्रमलाई बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.लिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले सन्चालन गर्नु भएकोे थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार