बर्दगोरियामा दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । दादुरा रुबेला खोप अभियान सम्बन्धि स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरु लाई पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम बर्दगोरियामा गाउँपालिकामा सम्पन्न भएको छ ।

बुधबार पालिकाको वडा नम्बर १ को सभाहलमा स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालय शिक्षक प्रतिनिधि, संघ-संस्था प्रतिनिधि लगाए स्थानीय सरोकारवालाको सहभागीता रहेको थियो ।

कार्यक्रममा दादुरा, रुवेला रोगको न्यूनीकरण कसरी गर्न सकिन्छ ? यसमा स्थानीय आम सरोकारवाला पक्षकाे भुमिका कस्तो रहने भन्ने विषयमा छलफल भएको थियो ।

उक्त विषयमा आम सरोकारवाला पक्षले आआफ्नो धारणा व्यक्त थिए । सोही अनुसार सहभागीको तर्फ बाट बोल्दै श्री बसन्त मुरारी नमुना मा.वि.का प्र.अ भुमि प्रकाश बमले यस अभियानलाई सफल पार्न बिधालयको तर्फबाट आफुहरुले निस्वार्थ पुर्ण आआफ्नो भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने विद्यालय बाटै उक्त खोप लगाउने कार्यतालिका रहेको हुँदा सके सम्म खोप लगाउन बाट कुनै पनि बालबालिकालाई नछुट्ने कुरामा आफु विश्वस्थ रहेको बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै बर्दगोरिया गाउँपालिकाका प्रबक्ता एवम वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले आफ्नो पालिकामा उक्त अभियानलाई सशक्त रुपमा सम्पन्न गर्दै यसलाई थप प्रभावकारी बनाउन पालिकाले आफ्नो भुमिकामा कहि कतै नचुकी आफ्नो कर्तव्य पुरा गर्ने बताए । उक्त अभियानलाई सफल पार्न आम स्थानीय सरोकारवाल पक्ष तथा आम सञ्चार माध्यमको पनि अमुल्य भुमिका रहेको हुँदा सञ्चारकर्मीले पनि आआफ्नो स्थान बाट सहयोग गर्न अनुरोध गरे ।

जस अनुसार सुदूरपश्चिम प्रदेशका पनि ३ जिल्ला परेका छन । जुन कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा जिल्ला रहेका छन  ।

खोप लगाउनका लागि सरोकारवालसँग अभिमुखीकरण, खोप केन्द्रको तयारी, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकालाई अभिमुखीकरण  कार्यक्रम गर्न थालिएको छ ।

खोप अभियान यहि जेठ २८ गते देखी असार १ गते सम्म संचालन हुने भएको छ । उक्त खोप स्थानीय सामुदायिक बिद्यालय बाट दिइने भएको हो ।

खोप ६ महिना देखि १५ वर्ष उमेर सम्मका बालबालिकालाई दिइने भएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार