अत्याधिक गर्मी; बर्दगोरियाका शैक्षिक संस्था ४ दिनका लागि बन्द

बर्दगोरिया । अत्याधिक गर्मी बढेसङ्गै कैलालीको बर्दगोरिया गाउँपालिकाका शैक्षिक संस्था ४ दिनका लागि बन्द रहने भएका छन ।

पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको गर्मीलाई मध्यनजर गर्दै पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय ४ दिनका लागि बन्द रहने भएका हुन ।

आज गाउँपालिकाले एक सुचना सार्वजनिक गर्दै हिउदे बिदा बाट कटौती हुने गरि भोलि सोमबार २९ गते देखि ३२ गते सम्मका लागि सम्पुर्ण शैक्षिक संस्था बन्द रहने व्यहोरा जानकारी दिएको हो ।

शैक्षिक संस्था बन्द रहेपनि दादुरा रुबेला खोप मा भने तोकिएकै शैक्षिक संस्था बाट दिने बताए छ ।
बाकी सूचना

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार