बर्दगोरियाका ४ का स्थानिय जुटे श्रमदानमा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहिले एक पछि अर्को उदारणिय काम गरेका छन ।

सोमबार पालिकाले निर्माण गरिरहेको वडा नम्बर ४ चमेलिपुर चौक देखी निमुवाबोझी पानी पिचको काममा स्थानियलाई जनश्रमदानमा लगाई राम्रो कामको सुरुवात गरेका छन ।

सोही अवसरमा बोल्दै पालिका उपाध्यक्ष गणेश राज गिरिले भने बिकास निर्माणका काममा सबैले मिलेर श्रमदान गर्न आवश्यक छ । पालिकाको मात्र मुख न ताकेर आफ्नो गाउँ ठाउमा सबैले हातेमालो गर्दै श्रमदान गरे बिकासले फडको मार्ने उपाध्यक्ष गिरिले बताए ।

पानी पिच गर्ने क्रममा बिच बिचमा खाल्डो पर्ने हुदा जनश्रमदान गरि सडकलाई राम्रो बनाउन श्रमदान गरिएको हो । आफ्नो गाउँ आफै बनाउ भन्ने उद्देश्यले पानी पिच भइ रहेको ठाउँमा श्रमदान गरिएको वडा अध्यक्ष जगत बहादुर शाहिले बताए ।

श्रमदान गर्नु आफ्नो गाउँ आफै बनाउ भन्ने उद्देश्यले स्थानीयले जनश्रमदान गरेको स्थानिय भरत कुमार शाहिले बताए ।

जनश्रमदान पालिका उपाध्यक्ष गणेश राज गिरि,वडा नम्बर ४ क अध्यक्ष जगत बहादुर शाही, स्थानिय लगाएतको सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार