बर्दगोरिया-५ ठाकुरद्वारामा ठाकुरद्वारा शिव मन्दिरको उद्घाटन 

बौनिया । सुदुरपश्चिम प्रदेश साङसद रामेश्वर चौधरीले बर्दगोरियाको समग्र विकास र समृद्धिका लागि आफू अहोरात्र खटिएको बताएका छ्न । विकास र समृद्धिको मार्गमा अगाडि बढेको बर्दगोरिया गाउँपालिकालाई नमूनाका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहेको बताए ।

सोमबार कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ ठाकुरद्वारामा प्रदेश सरकारको लगानीमा निर्माण भएको ठाकुरद्वारा शिव मन्दिरको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । मन्दिरको उद्घाटन गर्दै कैलाली निर्वाचन क्षेत्र २ बाट निर्वाचित साङ्सद चौधरीले कसैलाई काखापाखा नगरी समग्र क्षेत्रमा विकास र निर्माणको मार्गलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।

कार्यक्रमको प्रमुख अथितिका रूपमा रहेका साङ्सद चौधरीले बर्दगोरियाको धार्मिक तथा सास्कृतिक, पर्यटन पुर्वाधार ,कृषि र सडकको बिस्तारको लागि आफुले गर्नसक्ने योजना र बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । उनले प्रसिद्ध बर्दगोरिया धाम क्षेत्र, वडा नम्बर ४,५ र ६ मा रिङ्गरोड मुख्य प्राथमिकतामा पारी काम गर्ने बताए । यसैगरी यहाँको कृषि क्षेत्रको विकास र प्रवर्द्धनमा समेत आफुले महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने बताए ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर ,उपाध्यक्ष गणेश राज गिरि(लालदीप) विशिस्ट अथिती रहेका थिए । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ५ का वडा सदस्यहरु, भल्मन्सा, विभिन्न विधुत सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार