मेडिकल बिश्वबिधालय माग सहितको आम हड्तालमा युुवा संघको साथ

जेठ २८

कैलालीको गेटमा सहिद दशरथचन्द राष्ट्रिय बिज्ञान बिश्वबिधालय स्थापनाकाे माग सहित आइतबार शुदुरपश्चिममा भएको आम हड्तालमा राष्ट्रिय युवा संघ नेपालले एकेबद्धता जनाएको छ ।

आइतबारकाे आम हड्ताललाई सफल पार्न कैलालीको बर्दगाेरिया गाउपालिकामा रहेको राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउँ कमिटीले आफ्नो पालिका क्षेत्र भित्र रहेको बाैनिया र मुडा बजार क्षेत्रमा रहेका व्यापारिक पसल हरु बन्द गरायकाे थियो ।
साे क्रममा राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाले बाैनिया र मुडा बजार क्षेत्रमा केही बेर यातायातका साधन सञ्चालनमा समेत अबरोध गरेको थियो ।

साे अवसरमा राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला सदस्य दिपक गाैतम, नेकपा एमाले बर्दगाेरिया गाउपालिका वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष कृष्ण साउद, राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउँ कमिटी अध्यक्ष राम भट्ट , राष्ट्रिय युवा संघ नेपाल कैलालीका निवर्तमान जिल्ला सदस्य तारामान कुवर , राष्ट्रिय युवा संघ बर्दगाेरिया गाउँ कमिटीका निवर्तमान अध्यक्ष राजेन्द्र रावल लगायतका राष्ट्रिय युवा संघका नेता कार्यकर्ता हरुकाे सहभागिता रहेको थियो ।

साे अवसरमा हामी संग संक्षिप्त कुरा गर्दै निवर्तमान जिल्ला सदस्य तारामान कुवरले राष्ट्रिय युवा संघ नेपाल सधैं जनताको साथमा रहेको कुरा बताउदै यदि राज्यले शुदुरपश्चिम प्रदेश माथि सधैं साैतेनि ब्यवहार गरिरहने हाे भने आन्दोलनले फरक रुप लिने सक्ने कुरा तर्फ इङ्गित गर्नु भएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार