बर्दगोरियालाई हरित गाउँपालिका बनाउन १० लाख बिरुवा रोप्ने योजनामा छौ : अध्यक्ष कुँवर

बौनिया । बर्दगोरिया गाउपालिकाले सोमबार बृक्षारोपण गरि विश्व बाताबरण दिवस मनाएको छ । बर्दगोरिया गाउपालिका बन बाताबरण समितिको आयोजनामा वडा नम्बर ४ मा रहेको सगरमाथा सामुदायिक बनमा करिब ९० फुलका बिरुवा रोपेर बृक्षारोपण गरि बाताबरण दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष कर्ण कुँवरले बिरुवाले हामिलाई अक्सिजन दिने हुदा सबैले आ आफ्नो क्षेत्र बाट बृक्षारोपण गर्न आवश्यक रहेको बताए ।

 

हामिले पालिकालाई हरित पालिका बनाउने उद्देश्य अनुरुप पालिकाभरी १० लाख बिरुवा रोप्ने योजना बनाएका छौ,अध्यक्ष कुँवरले भने । सोमबार रोपिएका बिरुवालाई संरक्षण गर्न पालिकाले तारजाली उपलब्ध गराउने समेत अध्यक्ष कुँवरले प्रतिबद्धता जनाए ।

 

सोही अवसरमा बोल्दै पालिका उपाध्यक्ष गणेश राज गिरिले बाताबरण दिवसमा पालिकाले रोपेका फुलका बिरुवालाई संरक्षण गर्न सके उक्त क्षेत्रलाई पार्क बनाउन सकिने बताए । बिरुवा रोप्नु राम्रो हो हामिले अक्सिजनका लागि भएपनी बिरुवा रोपेर संरक्षण गर्नु पर्छ ।

 

कार्यक्रमको समापन गर्दै बन बाताबरण समिती संयोजक तथा वडा नम्बर ४ का अध्यक्षले विश्व बाताबरण दिवसमा हम्मिले ३ सय बिरुवा रोप्ने योजना बनाएका थियौ ,तत्काल बिरुवा नहुदा अहिले ९० बिरुवा रोपेका छौ । बाताबरणलाई संतुलन राख्न पनि बिरुवा रोप्न आवस्यक रहेको उनले बताए ।

कार्यक्रममा सगरमाथा सामुदायिक बनका अध्यक्ष वीर बहादुर चौधरी ,समाजसेवी सुशील शाही, भरत कुमार शाही लगाएत स्थानियको सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार