गरिबी निवारण गर्न बर्दगोरियामा सिलाई कटाई मेसिन बितरण

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाले गरिबी निवारणका लागि कपडा सिलाउने पावदानी मेसिन बितरण गरेको छ ।

बर्दगोरियाका स्थानिय नागरिकलाई उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यका साथ लघुउद्यम शाखाबाट सिलाईकटाई तालिम प्राप्त गरेका तालिम कर्ताहरुलाई बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पावदानी-मेसिन बितरण गर्नु भएको हो ।

अध्यक्ष कुँवरले भने स्थानिय सबै बेरोजगार युवतीहरुलाई स्वरोजगार बनाउन उक्त पावदानी मेसिन बितरण गरेको हु ।

साथै कार्यक्रममा पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले तालिम पश्चात् पाएका मेसिनको सहि सदुपयोग गर्न महिलाहरुलाई आग्रह गर्नु भयो ।

नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग तथा अन्य दातृनिकायको अर्थिक सहयोगमा ग्रामीण समुदायको गरीबी निवारणका लागि स्थानीय स्रोत साधनको परिचालन मार्फत स्थानीय स्तरमा नै रोजगारीका अवसरहरू सृजना गर्ने उद्देश्य राखी २०५५ सालमा लघु उद्यम विकास कार्यक्रम (मेडेप) १० शुरू गरेको हो ।

कार्यक्रमले गरीबीको रेखामुनि रहेका महिला, दलित, आदिवासी जनजाति, द्वन्द्वपीडित, चरम गरीब परिवारलाई लक्षित वर्ग भनी समेट्दै आएको छ ।

उक्त मेसिनमा लघु उद्यम शाखाको ८० प्रतिशत र स्वयम व्यक्तिले २० प्रतिशत लगानी रहेको छ । पालिकाका ६ वटै वडा बाट छ्नौट गरि एक/एक थान पावदानी मेसिन बितरण गरिएको लघु उद्यम शाखा गुल्शन चौधरीले बताईन ।

साथै प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्कीले घरमा लगेर राख्न होईन, ब्यवहारमा लागू गर्नुहोस् । आफुले सिकेका सिपको सदुपयोग गरि पालिकाले दिएका सामग्री अथवा पावदानी मेसिनको उपयोग गर्नु पर्ने बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार